सहकारी बजारका बारेमाअभिमुखीकरण

दाङ, १७ साउन

Advertisement

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड घोराही दाङले घोराहीमा सञ्चालन गर्न लागेको सहकारी बजारका बारेमा पहिलो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

अभिमुखीकरण कार्यक्रममा संस्थाका बालचन्द्र शर्माले सहकारी बजारको उद्देश्य, अवधारणा, परिचालनको रुपरेखा लगायतका बारेमा प्रकाश पार्नु भएको थियो । यसैगरी जिल्ला सहकारी संघका उपाध्यक्ष अञ्जन कुमार पौडेलले अहिलेको वर्तमान अवस्थामा सहकारी बजारको आवश्यकता र महत्वको विषयमा प्रकाश पार्नुभएको थियो ।

Advertisement

संस्थाका शेयर सदस्यहरुलाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामानहरु उपलव्ध गराउने उद्धेश्यले दाङको घोराहीमा संचालन हुन गइरहेको सहकारी बजारमा आम उपभोक्ताहरुलाई समेत एउटै बजारबाट दैनिक उपभोग्य सामानहरु उपलब्ध गराउने,कृषकहरुलाई आवश्यक प्राविधिक सिप तथा तालीमहरु उपलव्ध गराउने,कृषकहरुले उत्पादन गरेका सामाग्री उचित बजार मूल्यमा खरिद गरी उपभोक्ताहरुलाई उपलब्ध गराउने लगाएतका उद्धेश्यहरु रहेको कार्यव्रmममा जानकारी गराइएको थियो । कार्यव्रmममा संस्थामा न्यूनतम एक हजार रुपैयाँको शेयर लिन सकिने जानकारी गराइएको थियो ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका पूर्व जिल्ला सचिव कृष्णप्रसाद शर्मा, संस्थाका सल्लाहकार गिरिराज शर्मा, सहकारी बजारका प्रमुख माधव खनाल लगायतकाले बोल्नु भएको थियो । संस्थाका उपाध्याक्ष एंव सहकारी बजार सञ्चालन उपसमितिका संयोजक शालिकराम खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षा उपसमितिका संयोजक हेमराज शर्माले गर्नु भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *