बढदै सुनको मुल्य

काठमाडौं । सुनको मूल्य प्रतिदिन अकासिने क्रम जारी रहेको छ । साताको पहिलो दिनमा आइतबार प्रतितोला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ५ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको हो । प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा स्थानीय बजारमा पनि सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साउनयता मात्र प्रतितोला सुनको मूल्य ४ हजार २ सय रुपैयाँ बढेको छ । १ साउनमा प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन ११ साउनमा आइपुग्दा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोे छ ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया