दाङमा ७४ भन्दा बढि व्यवसाय विस्थापित

तुलसीपुर, ११ साउन ।

दाङमा कोरोना भाईरस रोकथाम तथा नियनत्रणका लागी सरकारले गरेको लकडाउनकै कारण कतिपय व्यापारी व्यवसायबाट विस्थापित भएका छन् । लामो समय सम्म व्यापार व्यवसाय बन्द हुदा घर भाडा तिर्न नसक्दा उनीहरु विस्थापित हुनु परेको हो । तिन महिनाको अवधीमा जिल्लामा ७४ बढि पसल विस्थापित भएका छन् । कोरोनाको संक्रमणले गर्दा व्यापार व्यवसाय संकटमा परेको छ । गएको चैत ११ गते देखी लकडाउनका कारण बहालमा सटर,घर भाडामा लिएर व्यवसाय सन्चालन गर्नेहरुले घरबहाल बुझाउन नसक्दा बर्षौ देखी गदै आएको व्यापार व्यवसाय छाड्नु पर्ने अवस्थाको सिर्जना भएको छ ।

लकडाउनले गर्दा व्यापार व्यवसाय ठप्प हुदा घर बहालमा बसेका व्यापारीहरु विचल्लीमा परेका छन् । दाङको प्रमुख शहर घोराही बजारमा मात्रै २३ वटा पसल बन्द भएको बताईएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य राम प्रसाद पौडेलका अनुसार कोरोना माहामारी र चार महिना सम्म लामो लकडाउनले व्यापार व्यवसाय संकटमा परेपछि व्यापारी पलायन हुन अवस्था आएको हो ।

आजको नयाँ युगवोध दैनिकमा खवर प्रकाशित छ ।

प्रकाशित मिति : २०७७ साउन ११ गते आइतवार
प्रतिक्रिया