विश्व कृतिमानी श्रेष्ठलाई बधाई तथा सम्मान

तुलसीपुर, १० साउन ।
चलचित्र पत्रकार संघ दाङ शाखाले बिश्व कृतिमानी राख्न सफल दाङका सन्तोष श्रेष्ठलाई बधाई तथा सम्मान गरेको छ । शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी गिनिज बुकमा नाम लेखाउन सफल भएका श्रेष्ठलाई सम्मान गरिएको हो । उनले १२ वटा भाषामा संगित गरेर विश्व रेकड काम गदै सम्मानित भएका छन् ।संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।
संघका अध्यक्ष शिव पुनको अध्यक्षता भएको कार्यक्रममा सहभागीहरुले दङगाली युवाले गिनिज बुकमा नाम लेखाउन सफल भएको भन्दै प्रसंसा गरिएको थियो ।सो अवसरमा अकोरावका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, अकोराव पाँच नम्वर प्रदेशका सचिव संगित बस्याल, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी , सिस्नोपानि नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली, गजल अभियानका प्रबल बिष्ट र गितकार प्रकाश केसी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव पुर्ण केसीले गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *