तुलसीपुरमा गाडी मालिकले आफनै गाडी ड्राईभरलाई कुटे

तुलसीपुर, ९ साउन ।

Advertisement

तुलसीपुरमा गाडी मालिकले आफनै गाडी ड्राईभरलाई कुटपिट गरेका छन् । टेक्टर धनी विकास पुनले अर्का एक जना साथी संग मिलेर टेक्टरका ड्राईभर तुलसीपुर ३ दमारगाउँ बस्ने प्रकाश नेपालीलाई विहिवार साँझ कुटपिट गरेको प्रहरीले बताएको छ । टेक्टर चालकले पैसा मागेकै कारण विवाद भएको र उनी माथी दुई जना मिलेर कुटपिट भएको प्रहरीले बताएको छ ।

Advertisement

कुटपिटबाट नेपाली घाईते भएका छन् उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको जनाईएको छ । कुटपिट घटनामा संलग्न भएको आरोपमा टेक्टर धनी पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का फरार भएको प्रहरीले बताएको छ ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।