दाङमा पर्यटन पूर्वाधारको ५५ प्रतिशत बजेट खर्च नभई फिर्ता

दाङ, ३ साउन ।
दाङमा पर्यटन प्रवद्र्धन तथा विकासमा ४४ प्रतिशत रकम खर्च भएको छ । पर्यटकीय प्रवद्र्धनका लागि प्रदेश सरकारबाट आएको ११ करोड मध्ये ४४ दशमलव २९ अर्थात ४ करोड ८७ लाख १९ हजार एक सय ९६ रुपैया खर्च भएको जनाएको छ ।डिभिजन वन कार्यालय शुक्रवार घोराहीमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि यस्तो जानकारी गराएको हो ।

आर्थिक वर्ष २०७६÷०७७ मा ११ करोड रकम मध्य आधा कम ४ करोड मात्रै खर्च भएको जनाएको हो । अन्य योजनाहरुमा बजेट खर्च भएपनि घोराही उपमहानगरपालिका–१३ मा रहेको ब्राहकुने दल बहुउद्देश्य पार्क निर्माण र दंगीशरण गाउँपालिकामा कल्चरल पार्क तथा शालिक निर्माणमा बजेट खर्च हुन नसकेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।

लकडाउनका कारण काम गनृ नसक्दा धेरै बजेट फिर्ता भएको उहाले बताउनुभयो । ‘बन्दाबन्दीका कारण यो वर्ष धेरै पूर्वाधार विकासमा काम गर्नसकेका छैनौँ’–प्रमुख ज्ञवालीले भने–‘यो वर्ष पर्यटन क्षेत्रको धेरै बजेट खर्च हुन सकेन । ’ उनका अनुसार चमेरे गुफा तथा सुकदह संरक्षण एवं सौन्दर्यीकरण गर्ने काम, छिल्लीकोट पर्यटकीय क्षेत्र संरक्षण, पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानीको मुहान संरक्षण, तुलसीपुरमा बोटानिकल गार्डेन, घोराहीमा मल्टिपर्पोज बोटानिकल गार्डेन निर्माण, शहीद स्मारक पार्क निर्माण, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, बंगलाचुलीमा पार्क निर्माण, तुलसीपुरमा नवदुर्गा सामुदायिक आधुनिक ग्रीनपार्क निर्माण लगायतका काम भएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया