बजेट ल्याउन अधिकांस स्थानिय तह असफल

काठमाडौ, ३१ असार ।

देशभरका ७५३ मध्ये ६० प्रतिशतभन्दा बढी स्थानीय सरकारहरू निर्धारित मितिमा बजेट प्रस्तुत गर्न असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार असार मसान्तसम्म बजेट ल्याउने स्थानीय तह ४० प्रतिशतभन्दा कम छन् ।मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार ४५२ वटा स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । जबकि १० असारभित्रै सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने थियो । पारित गरिसक्नुपर्ने असारमसान्तसम्म पनि उनीहरूले बजेट पेस गर्न नसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का १३७ मध्ये ८४, प्रदेश २ का १३६ मध्ये १०९, बागमतीका ११९ मध्ये ६७, गण्डकीको प्रदेश ५ का १०९ मध्ये ४८, कर्णालीका ७९ मध्ये ५० र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ५६ वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।बैभन्दा बढी प्रदेश ५ मा ५६ प्रतिशत र गण्डकी प्रदेशका ५५ प्रतिशत स्थानीय तहले बजेट ल्याएका छन् । सबैभन्दा कम प्रदेश २ का २० प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरिसकेको छ ।

मन्त्रालयको तथ्यांक सही होइनः गाउँपालिका महासंघ

गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले भने मन्त्रालयको तथ्यांकसँग सहमत छैनन् । मन्त्रालयको वेबसाइटमा अभिलेख राखेका पालिकाहरूको मात्रै मन्त्रालयले सूची सार्वजनिक गरेको श्रेष्ठको भनाइ छ ।‘असार १० अघि नै ४६० मध्ये ४१० गाउँपालिकाले बजेट प्रस्तुत गरिसकेका थिए, ६० प्रतिशतले बजेट ल्याउनु भन्नु सरासर गलत हो’, जुगल गाउँपालिका अध्यक्षसमेत रहेका श्रेष्ठले भने । बजेट ल्याउन ढिलाइ हुनुमा संघीय सरकार र प्रदेश सरकार पनि कारक रहेको उनको भनाइ छ । कतिपय पालिकामा भने दलहरूबीचको विवादले गर्दा पनि समयमा बजेट आउन नसकेको श्रेष्ठले जानकारी दिए ।

किन आएन बजेट

संघले जेठ १५, प्रदेशले जेठ मसान्तसम्म बजेट ल्याइसक्नु पर्दछ । स्थानीय सरकारहरू आफैमा स्वायत्त सरकार हुन । तर उनीहरूले संघ र प्रदेशको बजेट हेरेर आफ्नो बजेट तर्जुमा गर्छन् ।नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन सम्बन्धी कानुनले तोकेको सुत्र अनुसार संघले बजेट विनियोजन नगर्दा स्थानीय तहहरूको योजना तर्जुमा असर पर्ने गरेको बताउँछन् ।

पर्याप्त जनशक्तिको अभाव, यो वर्षको सन्दर्भमा कोभिड(१९ महामारी पनि केही हदसम्म बजेट ढिलो हुनुको कारक हो ।धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका अध्यक्ष व्याञ्जु भन्छन्, ‘तर मुख्य कारण भने हामीसँग अल्पकालीन र दीर्घकालीन योजना नहुनु हो ।’

अनलाईन खवरबाट साभार गरिएको 

प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार
प्रतिक्रिया