विपन्न परिवारलाई बाख्राका पाठा वितरण

तिर्थराज ज्ञवाली

असार २९, मसुरीयाँ(देउखुरी दाङ)/ मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम अन्र्तगत अति विपन्न परिवारलाई आयआर्जनका लागि बोयर जातका पाठा वितरण गरिएको छ ।  राप्ती गाउँपालिकामा पशु सेवा शाखाले ८ वटा समूहलाई जमुना पारी क्रस तथा ८ वटा बोयर जातका पाठासहित १२० पाठा निशुल्क रुपमा वितरण गरिएको हो ।

गाउँपालिकाले समूह मार्फत वडा नं १, २, ३ र ४ मा उन्नत जातका बाख्राका पाठा वितरण गरेको पशु सेवा प्राविधिक शेर बहादुर हमाल रिजालले जानकारी दिए । यसैगरी गाउँपालिकाले १२० बाख्राको बिमासमेत गरिदिएको छ ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया