राजस्व छलीको आरोपमा विभिन्न उद्योग विरुद्ध मुद्धा दायर

दाङ, २६ असार ।
राजस्व छलीको आरोपमा बुटवलको श्याम ग्लास इन्डस्ट्रिजलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।सरकारलाई राजस्व नतिर्ने र कम तिर्ने उद्देश्यका साथ अन्तःशुल्क असुल नगरि कारोबार गरेको आरोपमा श्याम ग्लास इन्डस्ट्रिजलाई ६ करोड ६९ लाख रुपैयाँ बिगो माग गरेर उच्च अदालत तुलसीपुर बुटबलमा मुद्दा दायर भएको विभागले जनाएको छ ।
राजस्व छलीकै आरोपमा महाशक्ति गुट्खा उद्योगविरुद्ध पनि ६३ लाख रुपैयाँ बिगो राखेर राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।यस्तै मालवस्तुको ढुवानी तथा सवारी साधनको अनुगमन प्रणाली भीसीटीएसमा बिल प्रविष्ट नगरेको आरोपमा १४ वटा फर्मलाई पनि विभागले जरिबाना गरेको छ । उनीहरुबाट ३० लाख ७५ हजार रुपैयाँ जरिबाना असुल गरिएको पनि विभागले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया