२०८३ कार्तिक ८ गते शनिवार

लक्ष्य भन्दा पाँच प्रतिशतले राजस्वमा बृद्धि

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ११ जेठ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले वितेको १० महिनामा ८० प्रतिशत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७३ ÷०७४ मा कार्यालयले राखेको वार्षिक लक्ष्य अनुरुप गत बैशाख मसान्त सम्मको तथ्याङक हेर्दा कुल ८६ करोड ७५ लाख २५ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत श्रावण देखी बैशाख मसान्त सम्म कुल ८२ करोड ९४ लाख ५० हजार आर्थिक संकलन गर्ने लक्ष्य राखेको थियो । तर बैशाख सम्मको तथ्याङक अनुसार लक्ष्य भन्दा ५ प्रतिशतले राजस्व बृद्धि भएको कार्यालयले बताएको छ । कार्यालयले यस वर्ष कुल १ अरब ९ करोड ४५ हजार आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्ष सकिन अव दुई महिना बाँकी रहदा कार्यालयले दुई महिनाको अवधीमा बाँकी २० प्रतिशत राजस्व संकलन गर्न सफल हुने कार्यालयका कर अधिकृत भागीराम केसीले बताउनु भएको छ । कार्यालयले चालु आर्थिक वर्षको बैशाख सम्ममा आयकरबाट रु ३८ करोड ९८ लाख ८४ हजार राजस्व असुली गरेको छ । त्यस्तैगरी बहालकरबाट रु २ करोड ८७ लाख ८४ हजार,ब्याजकरबाट रु २ करोड ७ लाख ६६ हजार,मुल्य अभिबृद्धि करबाट रु २६ करोड ४ लाख ५१ हजार,आन्तरिक शुल्कबाट रु १५ करोड ७१ लाख १६ हजार,स्वास्थ्य सेवाबाट रु ३८ लाख ७ हजार, शिक्षा सेवा शुल्कबाट रु ६७ लाख १७ हजार राजस्व असुली गरेको कार्यालयका कर अधिकृत केसीले बताउनु भएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ ११ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।