२०८३ कार्तिक ८ गते शनिवार

संसदको बजेट अधिवेसन आज देखि सुरु हुँदै

काठमाण्डौ,८ जेठ । संसदको बजेट अधिवेसन आजदेखि सुरु हुँदैछ । ब्यावस्थापिका संसदको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम जेठ ११ गते व्यवस्थापिका संसद्मा पेस गर्ने तयारी छ ।सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संवैधानिक व्यवस्था अनुसारका सरकारको वार्षिक नीति कार्यक्रम राष्ट्रपतिले पेस गर्ने अभ्यास छ । यसअघि आइतबारै सरकारले आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम पारित संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको कार्यतालिका अर्थ मन्त्रालयलाई पठाएको छ । कार्यतालिकाअनुसार आज संसद्को अधिवेशन सुरु हुनेछ । यस्तै जेठ ९ गते संसद्मा सरकारका तर्फबाट विनियोजन विधयेकको सैद्धान्तिक छलफलका लागि अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्ताव पेस गर्नुहुनेछ । संसद् सचिवालयले तयार पारी अर्थमा पठाएको कार्यतालिकाअनुसार यो पटक ‘प्रिबजेट’ छलफल जम्मा एक दिनमात्र हुने भएको छ । नीति तथा कार्यक्रमको तयारीका लागि १० गतेको मिति तोकिएको छ । तयारीअनुसार ११ गते संसद्मा नीति तथा कार्यक्रम पेस हुनेछ । जेठ ११ गतेको पहिलो बैठकमा पेस भएको नीति तथा कार्यक्रम सोही दिनको दोस्रो बैठकबाट छलफल प्रारम्भ हुनेछ । बजेटको कार्यतालिका र अन्य समसामयिक विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख दलका प्रमुख सचेतकसँग परामर्श गर्नुभएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ ८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।