तुलसीपुरका ७५ जना व्यवसायी ४ घन्टापछि छुटे

तुलसीपुर, ८ असार

१२ बजेपछि पनि पसल खोलेको आरोपमा पक्राउ परेका तुलसीपुरका ७५ जना व्यवसायीलाई झण्डै ४ घन्टापछि प्रहरीले छाडेको छ । लकडाउनको उलंघन गरेको भन्दै प्रहरीले फेन्सी, खुदा्र, होटेल, किराना, हार्डवयर, जुत्तापसल, कपडा पसल लगाएतका व्यवसायीलाई पक्राउ गर्न सुरु गरेको थियो ।

दिउसो एक बजेदेखि साँझ ६ बजेसम्म व्यवसायीलाई नियन्त्रणमा लिएको प्रहरीले राती आठ चालिस बजे छोडेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए । कोरोनाको संक्रमण फैलिन नदिन बिहान ५ बजेपछि १२ बजेसम्म मात्रै तुलसीपुर बजार खोल्ने सहमति भएको थियो ।

तुलसीपुर उपमहागनरपालिका, स्थानीय प्रशासन, तुलसीपुर उद्योगबाणिज्य संघ, तुलसीपुर चेम्बर लगाएतका बिचमा भएको सहमति कार्यान्वयन नभएपछि पुनः आज बैठक बसेर १२ बजेपछि पनि पसल खोल्नेलाई कारबाही गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया