तुलसीपुरका दुई वटा खेल मैदानलाई रगंशालाको रुपमा विकास गरिने

तुलसीपुर, ५ असार ।

तुलसीपुरका दुई वटा खेल मैदानलाई रंगशालाको रुपमा विकास गरिने भएको छ । एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तर दिदै वडा नम्वर १ मा रहेको मदन भण्डारी रंगशालालाई प्रदेश सरकारको सहकार्यमा निर्माण कार्यलाई अगाडि वढाइने भएको छ । यस्तै तुलसीपुर ५ मा रहेको अरनिको खेल मैदानलाई संघीय सरकारको सहकार्यमा अरनिको रंगशाला निर्माण कार्यलाई प्रस्ताव गरी अगाडि वढाइने तुलसीपुर उपमहानगरको आगामी निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै गरी खेलकुद क्षेत्रको विकास गर्नका लागी मेयरकप प्रतियोगिता, राष्ट्रपति रनिङ्ग शिल्ड, विद्यालय भित्र अतिरिक्त क्रियाकलाप अन्र्तगतका खेलकुदहरु, वडा स्तरीय प्रतियोगिताहरु कोभिडको असरलाई मध्यनजर गर्दै संचालन गरिने छ । उपमहानगरले शुक्रवार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा एक विद्यालय एक खेल शिक्षक नीति अवलम्बन गरी कार्यान्वयन गरिने पनि उल्लेख छ । राष्ट्रिय खेलकुद परिषद्, संघ र प्रदेश सरकारको समन्वयमा तुलसीपुर स्पोर्ट सिटी कार्ययोजना कार्यान्वयनमा ल्याइनेछ ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया