डेट गएको पेन्ट बेच्नु हुँदैन : अध्यक्ष रावत

तुलसीपुर, १ असार

तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतले म्याद नाघेको पेन्ट बेच्न नहुने बताएका छन् । तुलसीपुर क्षेत्रका केहि हार्डवयर पसलमा म्याद नाघेका पेन्ट भेटिएको गुनासो आएपछि अध्यक्ष रावतले यस्तो प्रतिकृया दिएका हुन् ।

उपभोक्ताले जुन चिजका लागि पैसा खर्च गर्छन् त्यही चिज पाउनु पर्ने भन्दै त्यो पनि गुणस्तरीय हुुनुपर्ने र उपभोक्ता ठगिन नहुने बताए । तुलसीपुर उद्योग बाणिज्य संघ, व्यवसायीक र उपभोक्ताको हकहितका लागि समेत उत्तिकै जिम्मेवार रहेको अध्यक्ष रावतले बताए ।

‘मल्टि नेश्नल कम्पनीले डेट गएका कलर पेन्ट फिर्ता नलगेको गुनासो व्यापारीको छ ,’ अध्यक्ष रावतले भने– डेट गएका पेन्टको कम्पनीले फिर्ता लिनुपर्छ ,’ यसका लागि हामी पनि पहल गछौं ।’

कम्पनीले फिर्ता नलग्दा म्याद नाघेका पेन्टहरु स्टक रहेको बताउदै अध्यक्ष रावतले यसका लागि तुलसीपुर उद्योगबाणिज्य संघले नसके माथिल्लो तहबाट पहल गरिने बताए । मल्टिनेश्नल कम्पनीका ब्रदर, एशिएन, मेरोलेक लगाएतका पेन्टहरु रहेका छन् । गत शुक्रबार तुलसीपुरमा भएको अनुगमण पनि उपयुक्त समयमा नभको प्रति गुनासो गर्दै अध्यक्ष रावतले व्यवसायी र अनुगमण कर्ता बिच भएको असमझदारीलाई मिलाउने पक्षमा रहेको बताए ।

‘लकडाउनको समयमा हार्डवयर पसलमा अनुगमण गर्दा व्यपारी भन्दा पनि बाहिरका केहि व्यक्तिबाट सामान्य विवाद भएछ ,’ अध्यक्ष रावतले भने –‘यस्तो विषम परिस्थीतमा हामी झगडा गरेर हैन भाइचाराको सम्बन्ध राखेर मिलेर अघि बढ्नुपर्छ ।’

हार्डवर उपसमितिसंग पनि छलफल
यसैविबच तुलसीपुर उद्योगबाणिज्य संघले हार्डवयर व्यवसायी संघ छलफल गरेको छ ।  सो अबसरमा व्यवसायिहरुले व्यवसायिक समस्या समाधान गर्न बिभिन्न क्षेत्र सगं समन्वय गर्दै अगाडिबढनु पर्ने सुझाब दिएका थिए । हार्डवयर व्यवसायी उपसमितिका संग भएको छलफलमा नगरमा केहि समस्या आईपरे उधोग बाणिज्य महासघं,स्थानिय सरकार र प्रशासनको समन्वयमा समस्या समाधान गर्न आफुहरुले निर्णायक भुमिका खेल्न सक्ने अध्यक्ष रावतले बताए ।

कार्यक्रममा निबर्तमान अध्यक्ष बिमल रिजाल, सल्लाहकारहरु सुरेश हमाल,नारायण प्रसाद खनाल,प्रेस सल्लाहकार शरद रेग्मी,बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,सचिब बिनिल केसि, ब्यबसायिहरु रामबहादुर खडका,सुनिल आचार्य,नबिन राई ,लगायतकाले आ–आफना धारना राखेक थिए । कार्यक्रमको सहजिकरण महासचिब रुपबहादुर खत्रिले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया