तुलसीपुर क्षेत्रका बैंकका एटिएम बक्स रित्तै 

ओपेन्द्र बस्नेत

 तुलसीपुर, २७ जेठ /  तुलसीपुर क्षेत्रमा रहेका अधिकांस बैंकहरुका एटिएम बक्स खाली (पैसा नहुँदा)  हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।  बैंकहरुका एटिएम बक्स खुल्ला भएपनि पैसा नहुँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् । यस क्षेत्रमा रहेका विभिन्न बैंकका एटिएममा पैसा झिक्न एटिएम कार्ड बोकेर गएकाहरु रितो हात फर्किन बाध्य छन् ।

एनएमवि बैंकको एटिएम बोकेर पैसा झिक्न गएकी तुलसीपुर उपमहागनरपालिका– ८ निबासी मन्जु बुढोथोकी दर्जनौ बैंकका एटिएम बक्समा पुगेपनि नपाएपछि रित्तै फर्किन बाध्य भईन । उनि भाउजुलाई लगेर उपचार गर्न गएकी थिइन् । ‘अस्पतालले १२ हजार रुपैयाँ अग्रिम जम्मा नगर्दासम्म  अप्रेसन गर्दैन भन्यो । नगद पैसा पनि थिएन ,’  एनएमवी बैंको एटिएम देखाउँदै भनिन यो लगेर ५÷६ वटा एटिएममा गए कुनै ठाउँबाट पैसा आएन ।’

एनएमवी बैंकको एटिएम बक्सबाट पैसा नआएपछि  कुमारी, महालक्ष्मी, राष्ट्रिय बाणिज्य बैंक, इन्भेष्टमेन्ट, एसवीआई बैंकको एटिएम बक्समा पैसा झिक्न गएकी बुढाथोकीले कतै पनि पैसा नपाएपछि  रित्तै हात फर्किन बाध्य भईन । यीनीत  प्रतिनिधिमुलक पात्र मात्र हुन् । यसैगरी सयौं नागरिकलहरुले सास्थी खेप्नु परेको छ ।

बैंकहरुको लापरवाहीका कारण पैसाजति बैंकमा राख्ने र चाहिएका बेला एटिएम कार्ड बोकेर पैसा झिक्न जानेहरु ठूलो समस्यामा परेको तुलसीपुर–५ निबासी गेतलाल केसीले बताए  । बैंकहरुले आफनो एटिएम बक्समा पैसा नराख्दा  दर्जनौ नागरिकहरु पैसा झिक्नकै लागि यता र उता दौडिरहेका देख्न सकिन्छ ।

२४सै घन्टा नागरिकलाई सहज रुपमा सेवा दिने भन्दै  एटिएम बक्स राखेर बसेका बैंकहरु नागरि प्रति गैरजिम्मेवार हुँदा उनिहरुले सास्ती खेप्नु परेको हो । बीग्रीएका एटिएम समयमै मर्मत नहुँदा र एटिएम बक्समा पैसा नहुँदा यस क्षेत्रका नागरिकले अनाहकमा सास्ती खेप्नु परेको छ । चेक भन्दा छिटो आर्थिक कारोबार हुने एटिएम बक्समा बैंकहरुले पैसा नराख्दा सामाजिकदुरी कायम, छिटोछरितो सेवा प्रवाहमा निकै समस्या भएको छ ।

एटिएम बक्समा पैसा नहुँदा उनिहरु चेक मार्फत घन्टौ लाईन बसेर पैसा झिक्न बाध्य भएका छन् । एटिएम बक्समा पैसा हुने हो भने बैंकहरुमा लाग्ने लाईन करिब आधाले घट्ने  अनुमान गरिएको छ । यता  बैंकका प्रमुखहरु भने कहिले काँही यस्तो समस्या आउने बताउने गरेका छन् । एटिएम बक्समा राखेको पैसा ग्राहकले सोचे भन्दा बढी निकाल्दा र नेटवर्कले काम नगर्दा यस्तो समस्या कहिलेकाँही आउने गरेको राष्ट्रिय बाणिज्य बैंक लिमिटेड तुलसीपुरका प्रमुख गोपाल आचार्यले बताए ।

‘पहिला भन्दा अहिले हामीले धेरै सुधार गरेका छौ । अहिले एटिएम बक्स बिग्रीने समस्या पनि हाम्रोमा त्यति छैन,’ प्रमुख आचार्यले भने –‘आज त यति भए पैसा पुग्छकि भनेर १५÷२० लाख रुपैयाँ राख्यो । ह्वारह्वार झिक्दा सकिन्छ । अनि अर्को ग्राहक आएर पैसा झिक्दा सकिएको हुन्छ ।’ यस क्षेत्रमा बैंक र आईएमए गरेर करिब ३ दर्जन वित्तिय संस्थाहरु छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया