‘फुडाथन’ कार्यक्रमको तयारी

तुलसीपुरखबर १४ जेठ

आगामी १३ र १४ जुनमा बिट्स लाडरले ‘फुडाथन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । खाद्य संकटको समस्या समाधान गर्ने र खाद्य स्थिरतालाई वृद्धि गर्ने उदेश्यले फुडाथन नामक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रममा १० देखि १५ ओटो टिमले आफ्नो आईडिया प्रस्तुत गर्नेछन् । खाद्य संकटको समस्या सामाधान गर्न चाहनेले यस कार्यक्रममा सहभागी जनाउन सक्नेछन् । फुडाथन नामक कार्यक्रममा सहभागी हुन आगामी जुन ६ सम्म रजिष्टेसन गर्न सकिने छ ।

त्यसपछि आगामी जुन ९ मा छनौट भएका १० टिमको घोषणा गरिने छ । फुडाथन कार्यक्रममा पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा विजेताले ५० हजार नगद पुरस्कारको साथै मेन्टरसिप समेत प्राप्त गर्ने छन् ।

फुडाथनमा सहभागी हुनको लागि रजिष्टर गर्नयहाँ क्लिक गर्नुहोस ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fforms.gle%2FAR19XBZjrURsqDTq8%3Ffbclid%3DIwAR3X4V5hi9S9ym9HLP7wVCwTQhmbXvvRzWbhSsuarOcXxlFHyN8s63axLWE&h=AT3XzD8dNM5Q_5_qkbH1iIDNRt6d4fYiM6f8ZLHsaQy3zutZU0ufl3PJZqkIYb5b-mk5miwx9wh6xh43qy6ED2qPzTlKTbVMc0GeYugcl70rJr6qb0DococGSD6XEGRhYG9_SA

 

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया