२०८३ कार्तिक ८ गते शनिवार

जोखिममा काम गर्नेको स्वास्थ्य परीक्षण गर

६ जेठ २०७७

कोरनो भाइरस (COVID-19)  ३१ डिसेम्बरमा २०१९ मा पहिलो पटक चीनको वुहान सहरमा देखिएको हो भने नेपालमा पहिलोपटक माघ १० (२४ जनवरी २०२०) मा पुष्टि भएको थियो । नेपालमा पहिलो पटक कोरोना भाईरस पुष्टी भएका नागरिक चिन बाट नै आएका थिए । हाल सम्म नेपालको कर्णाली प्रदेश बाहेक अन्य सबै प्रदेशहरुमा कोरोना भाइरस पुष्टी भईसकेको छ । जसमध्ये हालसम्म नेपालका ३१ जिल्लाका मानिसहरु रहेका छन ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिक्षण बढाईरहदा संक्रमणको संख्या पनि दिनानुदिन बढ्दै गईरहेको छ । कोरोना भाइरस पुष्टि भएका व्यक्तिहरु छिमेकी मुलुक भारत, चिन लगायत अन्य राष्ट्रहरु बाट फर्केका र तिनको सम्पर्कमा आएका अन्य व्यक्तिहरु समेतमा पुष्टि भएको छ । जसमा उपचार तथा स्वाव संकलनमा खटिएका स्वास्थ्यकर्मी, सुचना संकलनमा खटिएका पत्रकार, क्वारेन्टाइन, आइसोलेशन, ट्रेसिङ तथा अन्य स्थानहरुमा खटिएका सुरक्षाकर्मी लगायतका व्यक्तिहरु पनि छन ।

कुनै ठाउँमा संक्रमित ब्यक्तिहरुलाई समेत उपचारको लागी अस्पताल लिन नसकेका दुस्खद समाचारहरु सुनिन्छ । सम्भावित ब्यक्तिहरुको व्यवस्थापन र उपचारको लागी राखिने क्वारेन्टाईन तथा आईशोलेसनमा उचित व्यवस्था नभएको देखिन्छ । नेपालमा जति मात्रामा कोरोना परिक्षण हुनु पर्ने हाल सम्म त्यति भएको पाईदैन । प्रत्यक्ष रुपमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको धेरै भन्दा धेरै जनामा परिक्षण गर्नु पर्ने हो तर गरिएको छैन ।

जसले गर्दा प्रत्यक्ष रुपमा खटिईरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको मनमा डर पैदा भईरहेको छ । कोरोना संक्रमित टोल, गाउँ, क्वारेन्टाईन, आइसोलेशन तथा अन्य जोखिमयुक्त ठाउँहरुमा खटिएर उपचार तथा सुरक्षामा खटिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको कोरोना परिक्षणमा खासै चासो दिईएको जस्तो देखिदैन । नेपाल भारत खुला सिमानाकाबाट बिभिन्न समयमा हजारौ मानिसहरु ल्याउने लैजाने गर्दा ति मानिसहरुको स्वास्थ्य जाँच तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको धेरै ठाउँहरुमा कोरोना परिक्षण हुने गरेको छैन ।

२४ सैँ घण्टा फिल्डमा खटिएका सुरक्षाकर्मी अति नै जोखीमका साथ डिउटीमा खटिरहेको देखिन्छ । कुनै अपरिचित मान्छे टोल छिमेकमा देखियो भने सबैभन्दा पहिले सुरक्षाकर्मीलाई खबर गरिन्छ अनि उक्त मानिसक को हो ? कहाँ बाट आएको भनेर पुष्टि गर्नु पर्ने हुन्छ । स्थानिय टोल, गाउँ तथा शहरी क्षेत्रमा कहि कतै भिडभाड भयो यसो गर्नु हुँदैन जोखिम हुन्छ भनेर सम्झाउनु पर्ने ।

बुझ्ने व्यक्तिहरु काम सकेर गईहाल्छन तर अटेरी गर्नेहरु मुख मुखै लागी अभद्र व्यवहार गर्न समेत पछि नपरेको देखिन्छ । यति मात्र नभई खुला सिमानाकामा सुरक्षाकर्मीको संख्या न्युन मात्रामा देखि ढुङ्गा मुडा गर्ने, पोष्ट भत्काईदिने जस्ता अनैतिक कृयाकलाप गर्ने गराउने गरेको खवर सुनिन्छ । भन्दा भन्दै, सम्झाउदा सम्झाउदै कुनै स्थानमा संक्रमण देखीए उक्त स्थानमा २४ सैं घण्टा डिउटी गरी मानिस ओहोर दोहोरमा पुर्ण रोक लगाई सिल नै गर्नु पर्ने अवस्था सम्म पुग्दा सुरक्षा निकायका कर्मचारीहरुलाई मास्क भन्दा अरु स्वास्थ्य सामाग्रिहरुको खासै व्यवस्था गरेको जस्तो देखिदैन ।

धेरै भन्दा धेरै मात्रामा जनसम्पर्क हुने गरेका सुरक्षा निकायका कर्मचारीहरुको कोरोना परिक्षणमा सरकारले खासै चासो देखाएको जस्तो देखिदैन । सुरक्षाकर्मीहरुलाई सामाजिक दुरी कायम गरी काम र्न पनि सहज छ जस्तो लाग्दैन । आपराध अनुसन्धान तथा शान्ति सुरक्षाका क्षेत्रमा काम गर्दा उसै त जोखिम नै हुन्छ तर आजभोलीको यो कोराणा कहरमा जोखिम नलिई काम गर्छु भन्दा मुस्किल नै हुन्छ ।

अबका दिनहरुमा अन्य राष्ट्र बाट आएका, संक्रमितको सम्पर्कमा जोडिएका व्यक्तिरुको मात्र कोरोना परिक्षणमा मात्र केन्द्रित नभई धैरै भन्दा धेरै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा अन्य जोखिमयुक्त काममा खटिने कर्मचारीहरु लगायत आम सर्वसाधारण ब्यक्तिहरुमा समेत कोरोना परिक्षण गर्नु पर्छ । यदि आजभोली पनि कोरोना रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका बिभिन्न निकायका व्यक्तिहरुमा परिक्षण गरिएन भने भविष्यमा त्यहि खटिई काम गर्ने गरेका व्यक्तिहरुबाट भयावह रुप नदेखिएला भन्न सकिदैन ।

 
प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।