सोनापुर सिमेन्टद्धारा ठूलो परिमाणमा खाद्यन्न सहयोग

तुलसीपुर, २ जेठ

सोनापुर सिमेन्ट प्रालि दुधरास दाङले तुलसीपुर फुड बैंकमा ५५ सय किलो चामल सहयोग गरेको छ ।

प्रालिका जिएम हरि पाठकले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेको तुलसीपुर मेयरको सचिवालय प्रमुख मानबहादुर रावतले जानकारी दिए ।

कोरोना महामारीको समयमा कोहि पनि भोकले मर्न नपरोस भन्ने उद्देश्यले सोनापुर प्रालिले उक्त खाद्यन्न उपलब्ध गराएको हो । यसैविच उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ठूलो परिमणम खाद्यन्न उपलब्ध गराउने प्रालिलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया