२०८३ साउन ७ गते बिहिवार

विकास निर्माणका प्रयोजनका लागी पास लिनु नपर्ने

तुलसीपुर, २७ बैशाख ।जिल्लामा विकास निर्माणका प्रयोजनका लागी प्रयोग हुने गाडीले पास लिनु नपर्ने भएको छ । जिल्ला सुरक्षा समितिको शनिवार घोराहीमा बसेको बैठकले कुनै पनि विकास निर्माणका लागी प्रयोग गरिने गाडी, निर्माण व्यवसायीले पास लिन नपर्ने निर्णय गरेको हो ।जिल्लाका स्थानिय तहका प्रमुखहरुको समेत उपस्थिति रहेको बैठकमा सम्वन्धित पालिकाले त्यसको लागी काम गर्ने बातावरण तयार गर्ने र अनुमति दिने निर्णय भएको छ ।

लकडाउनका कारण विकास निर्माणका आयोजनाहरु प्रभावित बनेपछि सरकारले सामाजिक दुरी काम गरी विकास निर्माणका आयोजना सन्चालन हुन दिने भनेको छ । सोहि अनुरुप जिल्ला सुरक्षा समितिले सम्वन्धित स्थानिय तहलाई जिम्मा दिने गरी निर्णय गरेको हो । लकडाउनको आदेश र मापदण्दको पालनालाई कार्यन्वयन गराउनका लागी पनि सम्वन्धित पालिकाले अनुगमन गर्नेछ ।

यस्तै बैठकले विकास निर्माणका लागी आवश्यक पर्ने निर्माण सामग्रीका लागी प्रत्येक बुधवार र शनिवार हार्डवयर पसल खोल्न दिने निर्णय गरेको छ । हप्ताको दुई दिन विहान ६ बजेदेखी १० बजे सम्म आबश्यकताको आधारमा पसल खोल्न दिईने निर्णय भएको हो । यद्यपी पसल खोलेर बस्न पाईने छैन । आबश्यकता र समन्वयको आधारमा मात्रै पसल खोल्न पाईने छ ।

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार
प्रतिक्रिया