के हामी कम्युनिष्ट हौं ?

नेपालमा कम्युनिष्ट पार्टीको सरकार छ । कम्युनिष्ट पार्टी करिब–करिब दुई तिहाईको अवस्थामा छ । नेपाली जनताले अरुलाई भन्दा कम्युनिष्टलाई बढि मन पराएका छन् ।किन कि अरुले भन्दा कम्युनिष्ट पार्टीले जनताका समस्या समाधान गर्न सक्छ भन्ने विश्वास नेपाली जनतामा परेको छ । उनिहरुले अहिलेको दुई तिहाई कम्युनिष्टको सरकारले नेपालमा प्रगति गरेको देख्न चाहान्छन ।

उनिहरुले कम्युनिष्ट पार्टीले चुनावको वेला दिएको नारालाई बढि नियालेर हेरिरहेका छन् । घोषणपत्रमा लेखिएको सुखि नेपाली र समृद्व नेपालको नारालाई कत्तिपनि विर्सिएका छैनन ।  सुखि नेपाली र समृद्व नेपालको नारा जनताले मात्र होईन आम नेकपाका कार्यकर्ता र नेताहरुले पनि त्यसरी नै सम्झि रहनु पर्दछ ।

सरकार हाम्रो पार्टीको हो भनेर जे गरेपनि सहि हो भनि गित गाउँनु हुदैन । नारा अनुसार काम भएको छ कि छैन भनि अध्ययन गर्ने र त्यहि अनुसार अगाडि बढेको छ भने समर्थन गर्ने र नारा मुताविक चलेको छैन भने आलोचना गर्न सक्ने क्षमता प्रत्येक कम्युष्टि कार्यकर्ताहरुसंग हुनुपर्दछ ।

हामीले कम्युनिष्ट पार्टीको् अर्थात हाम्रो पार्टीको आलोचना वा समर्थन गर्नु भन्दा हामीले हाम्रो पार्टीले अंगाल्दै आएको विश्व दृष्टिकोण के हो ? सवै भन्दा पहिले यसमा सम्पूर्ण नेता कार्यकर्ता स्पष्ट हुने र सोहि मुताविक आफुलाई उभ्याउने हिम्मत र साहास गर्न सक्नु पर्छ । सोहि विश्व दृष्टिकोण अनुसार आलोचना र समर्थन गर्न सक्यौ भने हामीले हाम्रो पार्टीलाई भविष्यमा पनि जनताकै साथमा उभ्याउने छौ ।

यदि हाम्रो विश्व दृष्टिकोण भन्दा भिन्न पूँजीवादी विश्व दृष्टिकोण अनुसार समर्थन र ओलोचना गर्न थाल्यौ भने हाम्रो सरकार अहिलेको कार्यकालमा त हामी देख्नेनै भयौ । हामीलाई जनताले ५ बर्षको लागि दिई सके । जे जसरी भएपनि हामी टिक्ने नै छौ । त्यसपछिको कार्यकालमा जनताले कम्युनिष्टको क समेत उच्चारण गर्न नमान्ने र बाध्य भएर नेपालमा अर्को कम्युनिष्ट पार्टी विकल्पको रुपमा नभएपछि कांग्रेस वा कुनै बुर्जुवा शक्तिलाई रोज्न विवस हुने स्थितिको सिर्जना हुनेछ । यदि यस्तो अवस्था आएमा जनताका लागि त नमजा हुने नै छ । हामी कम्युनिष्ट हौ भन्ने हरुका लागि अझ नमजा हुने कुरा निश्चित छ ।

त्यसकारण हामीले हाम्रो पार्टी र जनताका विचमा मितेरी गाँस्नु जरुरी छ । हामीले हाम्रो पार्टीलाई माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोण अनुरुप चलाउनै पर्छ । हाम्रो पार्टीलाई मालेवादी दृष्टिकोण अनुसार चलाउनको लागि हामी स्वयं माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोण अंगिकार नगरिकन पार्टीलाई माक्र्सवादी विश्व दृष्टिकोण अनुरुप चलाउन असंभव छ । त्यसैले हामीले सवभन्दा पहिले हाम्रो पार्टीले अंगिकार गरेको माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोण के हो ? यसका बारेमा जान्न जरुरी छ ।

द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हाम्रो विश्वदृष्टिकोण हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मार्गनिर्देशक सिद्वान्त भनेको माक्र्सवाद–लेनिनवाद हो । त्यसकारण यो पार्टीले् माक्र्सवादी लेनिनवादी विश्व दृष्टिकोण अंगिकार गर्दछ । माक्र्सवादी लेनिनवादी विश्वदृष्टिकोण भनेको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हा्े । अर्थात माक्र्सवाद तिनवटा संघटक अंग मिलेर बनेको छ । यसको पहिलो अंग दर्शन शास्त्र हो, दोस्रो अंग राजनीतिक अर्थशास्त्र र तेस्रो अंग वैज्ञानिक समाजवाद हो । यी तिन मध्ये कुनै एउटा अंगको अभावमा माक्र्सवाद हुन सक्तैन । कार्ल माक्र्सले राज्यसत्तालाई बुझ्न र त्यसलाई बदल्नका लागि यी तिनवटा अंगको प्रतिपादन गर्नु भएको हो ।

माक्र्सले राज्यसत्ता अर्थात जीवन र जगतलाई बुझ्न सवै भन्दा पहिले हामीमा सहि विश्वदृष्टिकोणको खाँचोको आवश्यकता औल्याउनु भयो । उहाँले विश्वदृष्टिकोणको अध्ययन गर्ने क्रममा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको प्रतिपादन गर्नु भयो भने समाजको विकास तथा सामाजिक आर्थिक सम्वन्ध कसरी कायम भएको छ र यसको विकासप्रक्रिया कसरी भईरहेको छ भन्ने कुराको अनुसन्धान गर्न उहाँले राजनीतिक अर्थशास्त्र अन्तर्गत अतिरिक्त मुल्यको सिद्वान्तको प्रतिपादन गर्नु भयो भने मान्छेले मान्छेमाथि गरिएको विभेद र शोषनको अन्त्यका लागि वर्गसंघर्ष चलाउने र संघर्षको बलमा शोषन रहित समाज, सर्वहारा गरिखाने वर्गको अधिनायकत्व भएको वैज्ञानिक समाजवादी सत्ताको निर्माणका लागि वैज्ञानिक समाजवादी सिद्वान्तको प्रतिपादन गर्नु भयो ।

यहि तिनवटा संघटक अंग मिलेर माक्र्सवाद भएको हो । यहि सिद्वान्तको प्रतिपादन माक्र्स एंगेल्सको संयुक्त प्रतिपादन हो । माक्र्सको यसमा बढि देन भएका कारण फ्रेडसिक एंगेल्सको प्रस्तावमा यो सिद्वान्तको नाम माक्र्सवाद राखिएको हो । माक्र्स–एंगेल्सद्वारा प्रतिपादित माक्र्सवादलाई आफ्नो मौलिकतामा रुसी भुमिमा व्यवहारिक प्रयोग एवं थप विकास गर्ने काम लेनिनले गर्नु भयो । माक्र्सले भन्दा थप नयाँ विषय वस्तुको अध्ययन अनुसन्धान गर्नेकाम लेनिनबाट भयो त्यसैले माक्र्सवादको विकसितरुप तथा दोस्रो चरणको रुपमा लेनिनवादको विकास तथा जन्म भयो । यसरी विकास भएको माक्र्सवाद र लेनिनवादलाई हाम्रो पार्टीले आफ्ना् मार्गनिर्देशक सिद्वान्त मान्दै आएको छ ।माक्र्सवादी–लेनिवादी–दर्शन भनेको मानिसको तेस्रो आँखा हो ।

यसै आँखाका भरमा हामीले हरेक बस्तुलाई हेर्ने, जाँचने, बुझ्ने र त्यसै अनुसार आफ्नो जीवनको गोरेटो पहिल्याउने गर्दछौं । हाम्रो समाज दुई विपरित वर्गमा विभाजित भएकाले जीवन र जगतलाई बुझ्ने र सोहिमुताविक अघि बढ्ने दर्शन पनि वर्गिय हुन्छ । कम्युष्टिहरुको वर्ग , शोषित वर्ग हो र बुर्जुवाहरुको वर्ग शोषक वर्ग हो । सर्वहारा शोषित वर्गकाे दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । यो दर्शन सर्वहारा शोसित वर्गको पक्षमा उभिने तेस्रो आँखा एवं मुक्तिको दर्शन हो ।

यो दर्शनले संसारभरीका आम श्रमजीविवर्गको पक्षमा उभिन्छ। उसको हितको लागि बोल्छ र उनिहरुको हितमा काम गर्दछ । द्वन्द्ववाद र भौतिकवाद मिलेर द्वन्द्वात्मक भौतिकवाद बनेको हो र यसले इतिहासको वस्तुवादी र सहि विश्लेषण गर्ने भएको हुदा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद पनि भनिन्छ ।

१– द्वन्द्ववाद

माक्र्सवादको दार्शनिक पद्वति द्वन्द्ववाद हो । यसले कुनै पनि वस्तुलाई एकको दुईमा विभाजन भएको मान्दछ ।  अर्थात कम्युनिष्ट पार्टीलाई एृउटा बस्तु मान्दछ भने त्यो कम्युनिष्ट पार्टीमा सहि र गलत, जीवनशिल र मरणशिल, सकारात्मक र नकारात्मक पक्ष छन् । ति दुई विपरित तत्वहरुका विचमा निरन्तर संघर्ष हुन्छ । विपरित तत्वविचको संघर्षबाट नयाँ बस्तुको जन्म हुन्छ ।

वस्तु (पार्टी) मा हुने त्यहि लडाई (संघर्ष) अथवा त्यसमा निहित गति वा अन्तरर्विरोधको अध्ययन गर्ने पद्वतिलाई द्वन्द्ववाद भनिन्छ । यो पद्वति माक्र्सवादको दार्शनिक सिद्वान्त भौतिकवादी विश्लेषणमा पुग्न विश्लेषणको लागि प्रयोग गरिने पद्वति हो । यहि पद्वतिको सहि प्रयोगबाट बस्तुमा निहित वास्तविकता पत्ता लगाउँन सकिन्छ ।

२– भौतिकवाद

भौतिकवाद माक्र्सवादी दर्शनशास्त्रको सिद्वान्त हो । यो संसार कुनै विचार वा परमात्मा (ईश्वर) को सृष्टि होईन । बरु यो ब्रमहाण्ड वा सारा संसारको सृष्टि पदार्थबाट बनेको हो भनि मान्दछ ।  चेतानाले पदार्थको निर्धारण गदैन बरु पदार्थले नै चेतनाको निर्धारण गर्ने हुदा पदार्थ वा प्रकृति नै पहिलो हो भनि वकालत गर्दछ ।

यहि कुराको वकालत गर्ने सिद्वान्तको नाम भौतिकवाद हो । यहि द्वन्द्ववाद र भौतिकवादलाई मिलाएर द्वन्द्वात्मक भौतिकवाद भनिएको हो । समाजको विकास कसरी भयो र यसका चरण के के हुन भनि इतिहासको व्याख्या पनि गर्ने भएको हुदा यसलाई द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद भनिएको हो । यो नेपाल कम्युनिष्ट पार्टीको विश्व दृष्टिकोण हो । यसैलाई माक्र्सवादी विश्वदृष्टिकोण भनिन्छ । यहि द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणलाई मान्नेहरु कम्युनिष्ट हुन् ।

यसको विपरित चल्ने मानिसहरु संगठानिक हिसावले हाम्रो पार्टिमा भएपनि उनिहरु अन्ततः बुर्जवावर्गका सेवकहरु हुन । उनिहरुले आफुलाई रुपान्तरण गरेर माक्र्सवादी विश्वदृष्टिकोणलाई अंगाल्न सकेभने हाम्रा हुन्छन् ।

आफुलाई बदल्नुको साटो उल्टै बुर्जवा दृष्टिकोण अनुसार पार्टी र त्यहाँ भित्र चल्ने संघर्षलाई लिने र सोहि मुताविक आफ्नो तर्क पेस गर्ने अनि पार्टी सरकार र व्यक्तिलाई बुझ्ने तरिका अपनाउन थाले भने उनिहरु अन्ततः आज नगए भोलि अर्को पार्टीा हाम फाल्ने छन् । किन कि माक्र्सवादी विश्वदृष्टिकोणले बाहेक अरु दृष्टिकोणका आधारमा कम्युनिष्ट पार्टीको अध्ययनमा सकारात्मक परिणाम आउँदैन ।

माक्र्सवादी र गैर माक्र्सवादीको भिन्नता के हो ?

यतिवेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चलेको सत्ता संघर्ष केहि मथ्थर भएको छ । सैन्य भाषामा भन्नु पर्दा युद्वविराम भएको छ ।युद्वविराम सधै भईरहन्छ भन्ने छैन । नयाँ परिस्थिति अनुसार नयाँ सिराबाट पुनः युद्व (संघर्ष) चल्न सक्छ । फेरी पार्टीमा कित्ता बन्दी हुन सक्छ । केन्द्र देखी स्थातीय स्तर सम्म संघर्षले पार्टी भित्र नयाँ बहसको थालनी हुन सक्छ । यस्तो वेलामा जस्ले पार्टीलाई बस्तु भएको र बस्तुमा दुई विपरित गुण हुन्छ । व्यक्तिमा पनि दुई विपरित गुण (सहि र गलत) हुन सक्छ ।

सहिको समर्थन र गलतको विरोध गर्नु संघर्ष हो । यसलाई निरन्तर कायम राख्नु पर्दछ ।  आफ्नाहरुले गलतको आलोचना गर्छन र सहिको समर्थन गर्छन । दुई विपरित तत्वविचको एकत्व पार्टीलाई मानिसकेपछि एकता संघर्ष र रुपान्तरणको माध्यमबाट पार्टी अघि बढ्छ । गलत गरिसकेपछि हुने आलोचनालाई स्वाभाविक मानि ग्रहण गर्ने र सच्याउदै लैजाजुपर्छ भन्ने मान्यता राख्छ । जसले व्यक्तिका आधारमा होईन मुद्दाका आधारमा, सहि र गलतका आधारमा आफु कता लाग्ने भन्ने निधो गर्दछ ।

जसले पूर्व समुहका अधारमा होईन बरु पार्टीका नेता र सरकारले गरेका काम र मुद्दाका आधारमा बहस गरेर सहिको समर्थन र गलतको विरोध गर्दछ । र सोहि मुताविक अन्तरसंघर्षलाई बुझ्दै र आफुलाई बदल्दै लैजान्छ । त्यो माक्र्सवादी विश्वदृष्टिकोण अंगालेको कम्युनिष्ट कार्यकर्ता वा कम्युनिष्ट जनता हुन्छ । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण अंगालेको कार्यकता नै कम्युनिष्ट पार्टीको सच्चा सिपाही हो ।

जसले अहिलेको पार्टी भित्र चलेको अन्तरसंघर्षलाई एकांगी अवस्तुवादी र अधिभुतवादी ढंगले ग्रहण गरी गलतको विरुद्व आलोचनालाई दुश्मनको व्यवहार गर्छ । द्वन्द्ववाद विरोधी तरिकाले बस्तु, पार्टी, नेता, व्यक्ति वा आफुलाई बुझ्दछ । त्यो गैर माक्र्सवादी, कम्युनिष्ट विरोधी र अन्ततः बुर्जवावर्गको सेवक हो । त्यो यो पार्टीमा अटाउदैन र अटाउनु पनि हुदैन । त्यसैले प्रत्येक कम्युष्टि कार्यकर्ता माक्र्सवादी–लेनिनवादी विश्व दृष्टिकोण अंगिकार गरेको सच्चा सिपाही हुनेछ ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार
प्रतिक्रिया