निजी अस्पताल प्रतिस्पर्धी हाेईनन् सहयोगी हुन्

१४ बैशाख२०७७

निजी अस्तालहरुले सुरुदेखिनै निरन्तर रुपम आफ्नो उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्दै, नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै विश्व्यापी रुपमा मानव जातिलाई आइलागेको यो महासंकटका विरुद्धको लडाईमा निरन्तर रुपमा सरकारसंग संगैछौ ।

तर सरकारले निजी क्षेत्रका अस्पतालहरुलाई सुरक्षा, लगाएतका विषयहरुमा त्यति धेरै ध्यान दिइरहेको पाईदैन । निजी अस्पतलाहरुले सम्पूर्ण व्यवस्था आफै गरि डाक्टर, नर्स, हेल्थक्यिर वर्कसहरुलाई आकर्षण गरेर सरकारको नीति निर्देशन पालना गर्दै आइरहेका छन् ।

यो महामारीका विरुद्ध लड्ने सबै स्वास्थ्यकर्मीहरु पनि सबै नेपाली भएको र उनिहरुले उपचार गर्ने पनि नेपालीहरुलाई नै भएको हुँदा राज्यको तर्फबाट त्यस्ता विषम परिस्थीका बेला एउटै प्रकृतिको घटनामा भेदभाव  गर्नु   न्यायीक होइन् ।

सरकारी वा निजी, डाक्टर डाक्टर नै हो । उनिहरु नेपालीनै हुन् । स्वास्थ्यकर्मी नै हुन् । उनिहरुले उपचार गर्ने नेपाली जनतालाई नै हो । यसकारण नेपाल सरकारले हेर्ने दृष्टिकोण यस्ता विषयमा समान हुनुपर्दछ भन्ने हाम्रो माग हो ।

सरकारको पक्षबाट आजका मितिसम्म निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई दोषारोपन गर्नु बाह्यक कुनै सहयोग उपलब्ध गराइएको छैन् । जुन दुःखद कुरा हो । तर हामी मानव जातिलाई इतिहासमा बिरलै आइपर्ने यस्ता विपतीहरुसंग जुध्न हामी एकवद्धछौ , प्रतिवद्धछौ र जुधिरहने छौ ।

नेपाल सरकारले अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु समेत सहज ढंगले खरिद गर्ने अवस्था समेत नबनइदिएको अवस्थामा हामीले चर्को मुल्य तिर्न बाध्य छौ भने अर्को तिर प्रयाप्त सामग्री पाइरहेको अवस्था छैन ।

अझै आगामी दिनहरु डब्लुएचओको भनाई अनुसार कठिन र भयावह हुने बताइरहदा हामीसंग पूर्व तयारकिा लागि अहिले पनि समय छ । यसलाई सदुपयोग गर्न सरकारलाई आग्रह गर्दछु ।

जहाँसम्म यसको दायरा बढाउने विषय हो, यो निजी क्षेत्रसंग समन्वय र सहकार्य नगरेसम्म केबल सरकारी क्षेत्रमा मात्रै गर्ने कुरा ले हाम्रो उद्देश्य पुरा हुने छैन र केबल गफ मात्र हुनेछ ।

संसारका अरु मुलुकहरुले ५० लाख भन्दा बढी स्वास्थ्य परीक्षण गर्दा हामी हजारको पहिलो बिन्दुमै हराइरहेको अवस्था छ । त्यसकारण सातै प्रदेशका सबै निजी अस्पतालहरु जहाँ आवश्यक पुर्वाधार र जनशक्ति प्रयाप्त छ ।

त्यहाँ पनि कोरोनाको परीक्षण सुचारु गर्न हामी जोडदार सरकारालई आग्रह गर्दछौ । यो कुनै कसैको स्वार्थ भन्दा कसरी छिटो भन्दा छिटो महामारीका विरुद्धको लडाईमा विजय हासील गर्न सकिन्छ भन्ने हाम्रो मानविय उद्देश्यका साथ गरिएको मानविय विषय हो ।

जसले आम नेपाली जनतलाई छिटोभन्दा छिटो त्रास, भएमुक्त गर्न सकिन्छ । यी सबै कुराका बाबजुत पनि कोरोना भाईरसको संसारका बैज्ञानिक विकसित राष्ट्रहरु रातदिन यसको औषधी, भ्याक्सीन पत्ता लगाउन लागिरहेको भएता पनि यसको निरन्तर नियमित प्रकृया पुरा गर्नलाई मात्र  कम्तिमा पनि १८ महिना भन्दा बढी समय लाग्ने भएको हुँदा हामीसंग आजको मितिको बलियो औषधी भनेको लकडाउन हो ।

जसलाई घरभित्रै चुकुल लगाएर बस्ने भनिन्छ र सामाजीक दुरी कायम गर्ने नै हुन् । त्यसैले हामी सबैलाई आजको मितिको उक्तम आंैषधीको उपयोगमा संवेदनशिल र जिम्मेवार बन्न आग्रह गर्दछौ ।

आज यसलाई सबै भन्दा प्रभावकारी बनाउने प्राणालीका रुपमा स्थानीय सरकारको भूमिका नै प्रमुख र प्रभावकारी भएको हुँदा स्थानीय सरकारले यसमा अझ बढी जिम्मेवार र संवेदनशिल बनी स्थानीय स्तरमै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको उचित व्यवस्था मिलाई समन्वय गरी आगाडी बढन सकेमा हामीले यो माहामारीबाट जोगाउन र जोगिन सक्छौ ।

त्यसकारण निजी अस्पतालले आफनो जिम्मेवारी सफलता पूर्वक निर्भाह गरिरहेका छन् । अझ भनौ हामी यो माहारीबाट बच्न र बचाउन हाम्रा निजी अस्पताल आवश्यक परेमा स्थानीय सरकारलाई उचित व्यवस्थानपन गरी केहि समयका लागि संचालन गरि कोरोना भाइरस कोभिड–१९ नियन्त्रण र रोकथामका लागी दिन तयार छौ ।

यो भनेको राज्य, सरकार र आमा नेपाली जनताप्रतिको निजी अस्पतालले महाविपतीको घडीमा गर्नु पर्ने कर्तव्य र दायीत्व पनि हो । त्यसैले हामीलाई प्रतिस्पर्धी भन्दा पनि सरकारका सहयोगी अस्पतालका रुपमा बुझेर समन्वय गरि यो महाविपतीलाई टारऔं ।

 

 

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया