२०८३ भाद्र २४ गते बुधवार

कम्प्युटर स्लो भएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी ४ तरिका ( भिडिओ सहित )

विशेषतः कोरोनाले फैलाएको महामारीले सम्पूर्णलाई घरभित्र कैद गरेको छ | घरभित्रै बसेर गरिने कामहरु मध्य कम्प्युटर/ल्यापटपमा इन्टरनेट चलाउनु अनि त्यस संग सम्बन्धित विभिन्न क्रियाकलाप गर्नु हाम्रो दैनिकी नै भएको छ | हामी मध्य सबैजसोलाई कम्प्युटर स्लो भयो भने रिस उठ्ने पनि गर्दछ | लामो समयसम्म कम्प्युटर चलाउदा कम्प्युटर स्लो हुनु स्वभाविक हो । फाईल,फोल्डर एवं सफ्टवेयरमा काम गर्दा टेम्पोररी फाईलहरु बनिरहेका हुन्छन् भने धेरै लामो समय कम्प्युटरमा काम गरिरहदा कम्प्युटरले गर्ने कामको गतिमा गिरावट आईरहेको हुन्छ । ग्राफिक्स कार्ड तथा र्यामको क्षमता बढाएर पनि कम्प्युटर फास्ट बनाउन सकिन्छ तर आज हामी कम्प्युटरको भित्रि काम नलाग्ने टेम्प्रोररी फाईलहरु हटाएर फास्ट बनाउने ४ तरिकाहरुका बारेमा जानकारी दिदैं छौ । स्टेप १: सर्वप्रथम कम्प्युटर अन गरेर (Windows+R) कमान्ड थिच्नुहोस् । त्यसपछि बक्समा prefetch टाइप गर्नुहोस् । OK थिच्नुभायो भने टेम्प्रोररी फाईलहरु देखिनेछन् ति फाईलहरु डिलिट गर्नुहोस् । स्टेप २: फेरी (Windows+R) कमान्ड थिच्नुहोस् र cleanmgr टाइप गर्नुहोस् । आगाडी जस्तै OK थिच्नुभायो भने कुनै ड्राइभ छान्ने अप्सन आउछ । टेम्प्रोररी फाईलहरु प्राय C ड्राइभमा बस्ने भएकाले C ड्राइभ छानेर OK थिच्नुहोस् । Downloads बाहेकका अरु सबै अप्सनमा टिक लगाउनुहोस् र फेरी ok थिच्नुहोस् । स्टेप 3: त्येसैगरी (Windows+R) कमान्ड थिच्नुहोस् र tree टाइप गर्नुहोस् । आगाडी जस्तै OK थिच्नु होस्। स्टेप ४: अन्तिममा आगाडी जस्तै (Windows+R) कमान्ड थिच्नुहोस् र %temp% टाइप गर्नुहोस् अनि OK थिच्नु होस् । सबै फाईलहरु सेलेक्ट गरेर डिलिट गर्न्नुहोस् । अब तपाईले कम्प्युटर रि स्टार्ट गर्नु भयो भने अरुबेला भन्दा फास्ट चलेको महसुस गर्न सक्नुहुनेछ । यि तरिकाहरु विन्डोज अपरेटिंग सिस्टम चलाउने प्रयोगकर्ताहरुको लागि मात्र हुन् । अझै सजिलोका लागि कृपया भिडियो हेर्नुहोला ।
प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।