बिजौरी उद्योगबाणिज्य संघद्धारा ५१ हजार सहयोग

तुलसीपुर, ३ बैशाख

बिजौरी उद्योगबाणिज्य संघले तुलसीपुरको मेयर विपत व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेको छ ।

कोरोना माहामारीको समयमा कुनै पनि व्यक्ति रोग र भोगले नमरोस भन्ने उद्देश्यले उक्त सहयोग गरेको  बाणिज्य  संघले जानकारी  दिएकाे छ ।

बाणिज्य संघका अध्यक्ष प्रेम योगीले मेयर घनश्याम पाण्डेलाई ५१ हजारको चेक हस्तान्तर गरेकाे  तुलसीपुर उपमहागनरपालिका मेयर सचिवालयका प्रमुख मानबहादुर रावतले जानकारी दिए ।

यसैविच मेयर पाण्डेले सहयोगी दातलाई धन्यवाद दिएका छन् ।

 

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया