नेकपाका नेताद्धारा कपुरकोट गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण

सल्यान, २४ चैत 

लकडाउनका कारण साँझ बिहानको छाक टार्न मुस्किल भएका विपन्न परिवारलाई नेपाल कम्युनिष्ठ    पार्टी नेकपाका युवा नेताहरुले खाद्यन्न सहयोग गरेका छन् ।

कर्णाली प्रदेश सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीका प्रमुख सचेतक गुलावजंग शाह सहित नेकपाका नेताहरु मनोज सिंह र प्रमोद कुमार श्रेष्ठले पाँच सय किलो चामल, २० लिटर तेल र २० किलो नुन उपलब्ध गराएको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिएका छन् ।

राहत सामग्री ग्रहण गर्दै अध्यक्ष सेनले विपदको समयमा विपन्न नागरिकका लागि खाद्यान्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिए ।

साथै उनले गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा नगद तथा खाद्यान्न सामग्री सहयोग गर्न ब्यापारि तथा सहयोगिहरुलाई आग्रह समेत गरेका छन् । यसैविच प्रदेशसभा सदस्य शाहले विपत्तिको बेला विपन्न वर्गलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया