उद्योगीले आधा सिलिन्डर ग्यास भर्न थाले

काठमाडौं, १३ चेत्र

ग्यास उद्योगीहरुले आधा सिलिन्डर ग्यास भर्न थालेका छन् । नेपाल आयल निगमको निर्देशन अनुसार सबै ग्यास उद्योगीहरुले शुक्रबारदेखि ७.१ किलोग्राम ग्यास भर्न थालेको नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।

बुधबार नेपाल आयल निगमले र उद्योग मन्त्रालयका अधिकारी समेतको उपस्थितिमा उद्योगीसँग गरेको छलफलपछि आधा सिलिन्डर ग्यास मात्रै बजारका पठाउन निर्देशन दिएको थियो ।

निगमको निर्देशन बमोजिम बिहीबारदेखि नै आधा सिलिन्डर ग्यास भर्नुपर्ने भए पनि त्यसका लागि तयारी गर्नुपरेकोले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास भर्न सुरु भएको हो ।

अब आधा सिलिन्डर ग्यासको मूल्य काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसा पर्नेछ । पूर्वी तराईमा ६ सय ७७ रुपैंया ५० पैसा र पश्चिमी तराईमा ६ सय ७० रुपैंया मूल्य तोकिएको नेपाल आयल निगमका सहायक कार्यकारी निर्देशन सुशील भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया