२०८३ भाद्र २३ गते मङ्गलवार

परीक्षा अगाडि फेसबुक चलाउँदा नतिजा राम्रो

 बैशाख, २० । परीक्षाको बेला लेखपढ गर्न छाडेर फेसबुक चलाउँदा परीक्षाको नतिजा राम्रो हुन्छ भनेर कसैले भन्यो भने त्यसलाई पागल घोषित गर्नुहुन्छ होला । तर वास्तविक सत्य चाहीँ त्यो नै रहेछ । एक अध्ययन अनुसार परीक्षाको ठ्याक्कै अगाडि फेसबुक चलाउनाले विद्यार्थीले परीक्षामा राम्रो प्रदर्शन गर्ने गरेका छन् । परीक्षा सुरु हुनुअघि फेसबुकमा सकारात्मक कमेन्टहरु हेर्ने, लाइक तथा व्यक्तिगत मेसेजहरु हुेर्नाले निरास विद्यार्थीहरुलाई उनीहरुको डर भगाउन र मन हलुंगो बनाउन सहयोग गर्ने हुनाले यसबाट त्यस्ता विद्यार्थीहरुको परीक्षाको नतिजामा सुधार आउने गरेको शोधकर्ताहरुको ठम्याई छ । अमेरिकाको इलिनोइस विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार परीक्षालाई लिएर धेरै डर र निरासा पाल्ने विद्यार्थीहरुलाई परीक्षाको समय सुरु हुनुअघि अनलाइनका साथीहरुले मेसेज मार्फत दिने शुभकामना, ढाडसका साथै फेसबुकका लाइक, कमेन्ट आदिले निरासाको तह २१ प्रतिशत घटाइदिन्छ । एजेन्सी
प्रकाशित मिति : २०७४ बैशाख २० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।