उद्योग वाणिज्य महासंघको प्रदेशभेला दाङमा

शरद रेग्मी
तुलसीपुर, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश– ५ को भेला तुलसीपुरमा सम्पन्न भएको छ । प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीको अध्यक्षतामा भएको भेलामा नेपालमा लगानी बर्षको सन्दर्भमा व्यवसायीको भुमिका, नेपाल भ्रमण बर्ष २०२०लाइ सफल बनाउने सन्दर्भ, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको तयारी तथा दाङ जिल्लाको बेलझुण्डिमै आयोजना हुन थालेको प्रदेश नंवर ५ को एक्स्पो लगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको चैत अन्तिमसाता हुन गैरहेको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, र केन्द्रिय सदस्यहरुको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरिएको छ । बरिष्ठ उपाध्यक्षमा आइएमइ ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम सर्वसम्मत रुपमा प्रस्ताव तथा अनुमोदन गरेको छ ।

त्यस्तै केन्द्रिय सदस्यमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, क्लिन तुलसीपुर÷ग्रिन तुलसीपुरका अभियन्ता बिमल रिजाल, किशोर आचार्य, कृष्ण प्रसाद श्रेष्ठ र चक्र वहादुर अधिकारीको नाम सिफारीस तथा अनुमोदन भएको छ ।

त्यस्तै प्रदेश नंवर ५ को अध्यक्षमा हेमराज बन्जाडे, शुरेन्द्र श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठको नाम सर्वसम्मत सिफारीस भएका छन् । प्रदेश भेलामा ३६ उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया