फेसवुकमा लड्ने कायर हुन : सांसद शर्मा

लमही, २४ माघ

प्रदेश सांसद रेवतीरमण शर्माले फेसवुकमा लडाई खेल्नेहरु कायर भएको बताएका छन् । लमही चेम्बर अफ कमस लमहीले शmुत्रकार देखि लमहीमा सुरु गरेको प्रथम कृषि तथा औद्योगिक महोत्सव–२०७६ को उद्घाटन गर्दै सांसद शर्माले वर्तमान सरकारले गरेको राम्रो कामका बिरुद्ध सामाजिक संजाल फेसवुकमा तथानाम लेखेर मज्जा लिनेहरु कायर र ठग भएको बताए ।

समाजलाई पछि धेकेल्ने रअस्थिरता निम्त्याई रहने तत्वहरुले विशेष गरी भ्रम सृजना गर्न सामाजिक संजालमा लड्ने गरेको बताए । ललिता निवास प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छारदार सहित एक सय ७५ जना विरुद्ध विशेष अदालतमा परेको मुद्दाको प्रसंग कोटयाउदै प्रदेश सांसद शर्माले गलत काम गर्नेलाई अब सरकारले छोट्दैन भन्ने यो नमुना भएको बताए ।

ठूलालाई चयन सानालाई ऐन भन्ने उखानलाई  अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकारले चिरेको बताउदै अब गैरकानुनी धन्दा र अपराध गर्नेहरुलाई कड्घरामा सरकारले उभ्याउछ भन्ने कुराको सन्देश दिएको बताए । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख सीता बेलबासे, चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य टंक पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका वसन्त कुमार शर्मा, नेपाली कांग्रेसका कर्णबहादुर बुढाथोकी, राप्रपाका गोरख नाथ केसी, तुलसीपुर चेम्बर अफ कमर्सका टोबहादुर घर्ती, चेम्बर अफ कमर्स कपिलवस्तुका महाबिर पोखरेल, चेम्बर अफ कमर्स रुपन्देहीका डिल्लीराम भण्डारी लगाएतले बोलेका थिए ।

 

सो अवसरमा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रम पूर्व भिन्न ठाउँबाट विभिन्न भेषभुषा झल्कीने पहिरनमा आएको झँकीजुलसले बजार परिक्रमा गरेको थियो । लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष किरण शाहले गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया