तुलसीपुर महोत्सवबाट एक करोड बचत गर्ने लक्ष्य

तुलसीपुर ३ माघ ।

१५ करोडको आर्थिक कारोबार गर्ने गरी तुलसीपुर महोत्सव २०७६ को आयोजना गरिएको छ । पत्रकार सम्मेलनको आयोजना तुलसीपुर उद्योगबाणिज्य संघले यस्तो जानकारी गराएको हो । ५ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा करिब एक करोड बचत गर्ने लक्ष्य आयोजकले लिएको छ ।  जसका लागि दोघरेमा निर्माणाधिन सभाहललाई पुर्णता दिने सघका अध्यक्ष विरु रावतले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । माघ १० गते देखि सुरु हुने महोत्सव लाई सफल पार्न दाङ वासीको सहयोगको अपेक्षा गर्दै अध्यक्ष रावतले सवैको सहयोगमा सभ्य एवं भब्य रुपमा महोत्सवलाई सफल पार्ने बताउनु भयो ।

घुम्न जाऊँ तुलसीपुरको अभियानलाई सफल बनाउन समेत महोत्सवले सहयोग पु¥याउने भन्दै  जिल्लाको पर्यटकिय क्षेत्रको विकास र विस्तारमा समेत हत्वपुर्ण योगदान पुग्ने रावतले बताउनुभयो ।  त्यसै गरी पत्रकार सम्मेलनमा बोल्दै संघका नि.वर्तमान अध्यक्ष विमल रिजालले महोत्सवका अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिता , साईकिलीङ , नृत्य प्रतियोगिता , हेलिकप्टर मार्फत पर्यटकिय स्थलहरुको अवलोकन लगाएतका कार्यक्रम समावेश गरिएको बताउनु भयो ।

महोत्सवमा ४ सय स्टलहरुको वर्गिकरण गरी भाडा शुल्क समेत निर्धारण गरेको बताउदै आयोजकले ७५ प्रतिशत स्टलहरु भाडामा गएको बताएको छ ।  कृषि र स्वास्थ्य संबन्धि स्टलहरुलाइ कम शुल्क लिए पनि  अटोमोवाइलका स्टलहरुलाइ भने बढी शुल्क  तोकिएको छ । प्रति स्टल शुल्क १० हजार रुपैया देखि २५ हजार रुपैया सम्म तोकिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले महोत्सव सफल पार्न जिल्लाका सवै पत्रकारहरुले सहयोगि भुमिका निर्वाह गर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा तुलसीपुर उद्योग बाणिज्य संघका सल्लाहकार शुरेस हमाल , पत्रकार दुर्गालाल केसी , शरद अधिकारी लगाएतकाले महोत्सव सफल पार्न सवैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । बाणिज्य संघका महासचिव रुप बहादुर खत्रीको स्वागत तथा बिषय प्रवेश बाट शुरु भएको कार्यक्रमको संचालन संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार
प्रतिक्रिया