इट्टा व्यवसायीद्वारा सदस्यलाई कारवाही

दाङ, १३ पुस

दाङ देउखुरी इट्टा व्यवसायी संघले कार्यसमिति सदस्य सुनिल केसीलाई कारवाही गरेको छ । दाङ देउखुरी इट्टा व्यवसायी संघले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो संघको विरुद्धमा लागेको पाइएकाले कारवाही गरिएको संघले बताएको छ ।

संघको शनिबार बसेको बैठकले कार्यसमितिका सदस्य केसीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको थियो । जे के इट्टा उद्योगका संचालक समेत रहेका केसी समेत संलग्न भएको गत मंसिर २१ गतेका दिन भएको साधारण सभाको निर्णय उलङ्घन गरेको आरोप संघले लगाएको छ । उद्योगका संचालक केसीलाई संघको नाममा कुनै पनि गतिविधि नगर्न र संघको नाममा कुनै गतिविधी गरेमा दाङ देउखुरी इट्टा व्यवसायी संघ जिम्मेवार नहुने चेतावनी पनि दिइएको छ ।

केसी जे के इट्टा उद्योगका संचालक प्रोपाइटर हुन ।   अध्यक्ष रोम वलीले शनिबार जारी गरेकाे विज्ञप्तीमा केसीले समितिको निर्णय पटक पटक उलङ्घन गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार
प्रतिक्रिया