पर्यटनका लागि यातायातको भुमिका आवश्यक

शरद रेग्मी
तुलसीपुर । पर्यटन क्षेत्रको विकासका लागि यातायात क्षेत्रको भुमिका अहम् हुने कुरामा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पर्यटकलाई स्वागत गर्ने पहिलो व्यक्तिका रुपमा यातायात व्यवसायी हुने भएकाले उनीहरुले राम्रो व्यवहार गरे पर्यटकहरुको आगमन वृद्धि हुने कुरा वताएका थिए । भ्रमण बर्षलाई सफल पार्न सामाजिक उत्तरदायित्व बहन गर्दै त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिले आईतबार एक कार्यक्रमका बिच तुलसिपुरबाट दाङका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्न घुम्नजाऔ दाङ लेखिएको स्टिगर सार्बजनिक गरिएको छ ।

घुम्न जाउँ तुलसीपुर अभियानलाई प्रचार प्रसार गर्नका लागि त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङ्गबाट सञ्चालन गाडीमा घुम्न जाउँ दाङ्ग भन्ने नाराका साथमा यहाँका पर्यटकीयस्थलहरु समावेश गरिएको प्रचारात्मक स्टिकरको उद्घाटन गरिएको छ । घुम्न जाऔ तुलसिपुर अभियानका परिकल्पनाकार एव तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले काठमाण्डौ र दिल्लि जाने बसहरुमा स्टिगरहरु टासेर अभियानको सुभारम्भ गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले अभियानलाई सम्वोधन गर्दै यातायात व्यवसायीले तुलसीपुरमा यात्रुमात्रै भन्दा पनि पर्यटक वोकेर आउनुपर्ने भएकाले गाडीका कर्मचारीहरुले पर्यटकमैत्री व्यवहार गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा वोल्दै नेपाल पर्यटन वोर्डका पुर्व निर्देशक रमेश कुमार अधिकारीले अभियानको प्रचारसँगै तुलसीपुरमा मिठो सौहार्दता प्राप्त हुन्छ भन्ने धारणाको विकास हुनुपर्ने कुरामा जोड दिए  ।
त्यसैगरी प्रालिका अध्यक्ष सुरेश हमालले यातायातको क्षेत्रबाट अभियानलाई पूर्णत सहयोग गर्ने वताए । उनले घुम्न जाउँ तुलसीपुर अभियानलाई सफल वनाउनका लागि यातायातकर्मीहरुलाई तालिम समेत दिइने वताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया