सुनको भाउ घट्यो

काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २७ गते शुक्रवार
प्रतिक्रिया