काष्ठ उद्योगबाट बार्षिक ३० लाख आम्दानी

तुलसीपुर, २६ मंसिर
तुलसीपुरमा फर्निचर उद्योग संचालन गरेर एक व्यक्तीले बार्षिक लाखौ आम्दानी गर्ने गरेका छन् । तुलसीपुर–६ मा छहरा सःमिल एण्ड फर्निचर उद्योग संचालन गरेर लिलाधर खड्काले बार्षिक डेढदेखि दुई करोड सम्मको कारोबार गर्ने गरेको बताएका छन् । जसबाट मजदुर खर्च, बिजुली, घरभाडा, कर्मचारीको तलव लगाएतका सबै खर्च कटायर करिब बार्षिक ३० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । २६ बर्ष सम्म शिक्षण पेशामा संलग्न व्यवसायी खड्काले पुरन्धारा गाउँमा काठको ठूलो व्यापार देखेर यो व्यवसाय तर्फ आकर्षित भएको बताए । १२ बर्षसम्म काठको ओसारपसारगरेका व्यवसायी खड्काले २ बर्षदेखि सःमील संचालनमा ल्याएर मनग्य आम्दानी मात्रै गर्ने गरेका छैनन् १२ जनालाई रोजगार समेत दिएका छन् ।

सालका काठबाट झ्याल, ढोका, चौकस, लोवेड, बक्स पलङ लगाएत फर्निचर जन्य सामग्री उत्पादन गर्ने गरेको खड्काले बताए । करिब डेढ करोड लगानीमा सःमील संचालन गरेका खड्काले बजारमा काठजन्य सामग्रीको एकरुपता नहुदा केहि समस्या भएको बताए । ‘कतिपय व्यवसायीले ग्राहक हेरेर पनि व्यापार गर्छन,’ व्यवसायी खड्काले भने–‘ मुल्यमा एकरुपता नहुँदा केहि समस्या भएको छ ।’ मृत्युसंस्कारमा १५ प्रतिशत छुटमा दाउरा समेत दिने गरेका खड्काले १० देखि ५० क्युफुटसम्म ढुवानीको समेत व्यवस्था मिलाएको बताए ।

काठ जति भएपनि स्थानीय स्तरमा नै खपत हुने गरेको बताउदै उनले अलमुनियमका झ्याल ढोका बजारमा आएपनि त्यसले खासै फरक नपारेको बताए । पछिल्लो समय काठको व्यापार निकै बढेको बताउदै उनले अधिकांस माग घर निर्माणका लागि आउने गरेपनि माग अनुसार पु¥याउन नसकिएको बताए । ‘एक पटक त विदेश जान समेत लागेको थिए,’ खड्काले भने–‘ कसो गर्दा काठमा हात हालियो । अहिले त मलाई विदेश यहि भएको छ ।’

 

 

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया