आईजीएफमा खनाल पुनः नियुक्त

काठमाण्डौ, मंसिर

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफंको मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा पुनः नियुक्त भएका छन ।  आईजीएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधिसम्बन्धी हेर्ने निकाय हो । आईजीएफले इन्टरनेट प्राविधिक, व्यावसायिक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका तथा साइबर सेक्युरिटीलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

विश्वभरबाट भौगोलिक र क्षेत्रगत प्रतिनिधित्वको आधारमा म्यागको सदस्य नियुक्त हुने प्रावधान रहेको छ । साइबर तथा इन्टरेनट स्पेसका विषयहरुका सरकारी र गैरसरकारी सरोकारवाला निकायसँग बहस गरी नीति निर्माणमा योगदानसमेत गर्नेछ । यसअघि खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रुपको उपाध्यक्षमा दुई कार्यकाल निर्वा्चित भएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया