रारामा फोरजी सेवा

मुगु ,२२ मंसिर
नेपालको सवैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा फोरजी सेवा सुरु भएको छ । नेपाल टेलिकमले रारामा फोरजी सेवा सुरु गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारामा पुग्नुभएका नेपाल टेलिकमका बरिष्ठ ईन्जिनियर प्रेमबहादुर क्षेत्रीले बताए । नेपाल टेलिकमको बरिष्ठ ईञ्जिनियर क्षेत्रीसहित ४ जनाको टिम अहिले फोरजी सेवा संचालन गर्न रारामा रहेको क्षेत्रीले बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया