खाेला धिताेराखेर कराेडाै रूपैयाँ ठगि गर्ने बैंक कर्मचारी पक्राउ

बिर्तामोड,५ असाेज / बैंककै कर्मचारीसंगको मिलेमत्तोमा  खोलाकाे जग्गा धितो राखेर साढे ४ कराेड रूपैयाँ ऋण लगेकाे तथ्य सार्जनिक भएकाे  छ । झापाको कनकाई नगरपालिका भएर बग्ने विरिङ खोलाको जग्गा बैंकमा धितो राखेर  ऋण लिएको र बैंकलाई व्याज समेत नतिरेपछि प्रहरीले बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।
ऋणी श्रेष्ठले कित्ता नम्वर ३५९६ र ३२७१ को जग्गा धिधतो राखेर ऋण लिएको खुलेको छ ।

 

जुन जग्गाामा अहिलेपनि खोला वगिरहेको प्रहरीले जनाएको छ । ऋण लिन उनीहरुले मिलेमतोमा बगिरहेको खोलाको नक्कली कागजात बनाएर श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी)ले जनाएको छ । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।  उनीहरुले तीन वर्षअघि खोलाको जग्गा धितो राखेर रु चार करोड ५० लाख ऋण दिएको खुल्न आएको सिआईवीका प्रवत्ता पाण्डेको भनाई छ ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया