नेपाल टेलिकमको अफरः एक सय रुपैयाँमा ३ जिबी डाटा प्याक

तुलसीपुरखबर 

काठमान्डौ, २ असोज / नेपाल टेलिकमले संविधान दिवसका अवसरमा एक सय रुपैयामा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याक लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको छ । यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म लागु हुने छ । सुविधान प्राप्त गर्नका लागि *1415*3# डायल गर्नुपछ । यसका साथै 3D1G  लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया