२०८३ भाद्र २५ गते बिहिवार

सँस्कृतिकर्मी चेतन कार्कीलाई आज राष्ट्रिय अभिनन्दन गरिँदै

काठमाडौं, ५ वैशाख । सँस्कृतिकर्मी चेतन कार्कीलाई मंगलबार राष्ट्रिय अभिनन्दन गरिँदै छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको सम्मान समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो । सँस्कृतिकर्मी कार्कीलाई नगद एक लाख रुपैयाँसहित अभिनन्दन गर्न लागिएको हो । सँस्कृतिकर्मी कार्कीले नेपाली भाषामा उपन्यास, लघु उपन्यास, गीत, कविता, गजलसहितका साहित्यका विभिन्न विधामा १० भन्दा धेरै पुस्तक लेखिसक्नु भएको छ । उहाँको परिचय शिक्षक, सरकारी कर्मचारी, गीतकार, चलचित्रका संवाद लेखक हुँदै निर्देशकसम्म बनेको हो । उहाँले निर्देशन गरेका चलचित्र विश्वास, भूमरी र पहिलो प्रेम हुन् । यी चलचित्रमा उहाँको संवाद, पटकथा र गीत पनि छ । यस्तै उहाँले टेलिभिजन श्रृँखला मनको आँखा पनि निर्देशन गर्नुभएको छ । उज्यालो अनलाईनबाट
प्रकाशित मिति : २०७४ बैशाख ५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।