सुन तोलाको ७१ हजार रुपैयाँ !

काठमाडौं । नेपाल सुनचाँँदी व्यवसायी संघले छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलाको ७० हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ ।

तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार एक हजारले बढेर ७१ हजार रुपैयाँ पुगेको हो । एक महिनाको बीचमा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढिसकेको छ । अझै बढ्ने अनुमान गरिएको छ । सुन कतिसम्म पुगेर स्थिर बन्छ भन्ने कुरा अहिले सबैले चासोका साथ हेरेका छन् ।

सुनको मूल्य बढ्दा व्यापारीहरु भने निराश छन् । अहिले सुनको खरिद बिक्री हुनै छाडेको व्यवसायीहरुको भनाइ छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले दिनमा एक किलो पनि सुन बिक्री हुँदैन । कारोबार ठप्प जस्तै रहेको छ ।

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार
प्रतिक्रिया