२१ लाख रुपैयाँसहित ठाकुर पक्राउ

कमलेश मण्डल

महोतरी । महोत्तरीको मटिहानी नगरपालिकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २१ लाख २२ हजार सहित एकजनालाई पक्राउ गरेकोछ ।

मटिहानी नगरपालिका ९ हनुमान चोकबाट महोत्तरी गाउँपालिका १ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट विशेष सुराकीको अधारमा खटेको प्रहरीले ठाकुरलाई चेकजाँच गर्ने क्रममा सो रकम फेला पारेको हो ।

उनको साथबाट विभिन्न दरका २१ लाख २२ हजार ७ सय ५० नगद बरामद गरेको छ । पूर्वको मटिहानी बजारबाट ज.११ प १७३२ नम्बरको मोटरसाईकलमा जलेश्वरतर्फ गइरहेको बेला हनुमान चोकमा प्रहरीले चेकजाँचगर्दा ठाकुरलाई शरीरमा रकम लुकाई राखेको अवस्थामा बरामद भएको सशस्त्र प्रहरी बल ९ नम्बर गणले जनाएकोछ ।

ठाकुरले बोकेको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नगदसहित सम्पत्ति शुद्धिकरण विभाग ललितपुरमा पठाएको छ ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया