‘सहकारीले समाज परीवर्तका लागि भुमिका खेल्नुपर्छ’

मिना खड्का ,तुलसीपुर,२२ साउन ।
तुलसीपुर ५ मा रहेको अजम्बरि कृषि सहकारि संस्थाको आठौ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । कार्यवाहक अध्यक्ष ईन्द्रादेवि शर्माको अध्यक्षता तथा सहकारीका पुर्ब अध्यक्ष मिनराज वलिको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतीथी वलिले सहकारी सञ्चालन गर्न सबैको सहकार्य हुनुपर्ने बताएका थिए । उनले सहकारीले अव समाज परीवर्तका लागि भुमिका खेल्नुपर्ने बताएका थिए ।

सहकारिका व्यबस्थापक दिपक वलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा ओमलाल बुढाथोकी, बेदप्रसाद वलि , कलिभान रोका , धन बहादुर के सि, यादव देवकोटा, हरिभान डागिँ, पुर्ण बहादुर वलि,बिर बहादुर ओलि लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव नवराज वलिले गरेका थिए ।

कार्यक्रममा ५० हजार भन्दा माथिको शेयर लगानि गर्ने शेयर धनिहरु, सक्रिय कर्मचारी र सहकारी सञ्चालनमा सहयोग गर्ने बिभिन्न ब्यत्तिहरुलाई सम्मान गरिएको थियो । यस्तै, २ सय ४२ जनालाई शेयर प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ साउन २२ गते बुधवार
प्रतिक्रिया