लुकाइ राखेको १६ किलोग्राम सुन बरामद

गोरखा । गोरखामा लुकाइ राखेको अवस्थामा प्रहरीले १६ किलोग्राम सुन बरामद गरेको छ । धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित ओढारमा लुकाइराखेको अवस्थामा प्रहरीले सुनसहित एकजनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार
प्रतिक्रिया