व्यवसायीक सुरक्षा पहिलो काम : डिआइजी

शरद रेग्मी
दाङ ,अषाढ २२/ पाच नम्बर प्रदेश प्रहरी प्रमुख सुरेश बिक्रम शाहले व्यवसायिहरुको सुरक्षा नेपाल प्रहरीले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । तुलसिपुर उधोग बाणिज्य संघले आईतबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरिक्षक शाहले सुरक्षा बिना बिकास र सम्वृद्धि सम्भव नभएको भन्दै आम व्यवसायि र नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने बताउनुभयो ।  बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै डिआईजि शाहले आफुले आफ्नो कार्यकालमा बोलेर भन्दा काम गरेर देखाउने समेत प्रष्ट पार्नुभयो ।
कार्यक्रममा निबर्तमान अध्यक्ष बिमल रिजाल,सस्थापक अध्यक्ष डिल्लबहादुर बस्नेत ,सल्लाहकार सुरेश हमाल, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले शुभकामना ब्यक्त गर्दै यस क्षेत्रमा भएका घटनाक्रम र ब्यबसायिक सुरक्षामा विशेष चासो दिन ध्यानाकर्षण गराउनु भएको थियोे । सङघका बरिस्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियोे ।

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार
प्रतिक्रिया