काठमाडौं । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य शुक्रबार ६५ हजार पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी रुपैयाँ हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनको मुल्य ६५ हजार रुपैयाँ प्रतितोला कायम गरिएको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँ थियो ।
प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार






