घरमा आगलागी भएपछि अग्निपिडितको विचल्ली

तुलसीपुर, ११ जेठ । तुलसीपुर ११ जसपुर गैरा निवासि प्रेम बहादुर विकको घरमा आगलागी भएपछि अहिले उनको परिवार बिचल्लीमा परेको बताईएको छ ।उनको घरमा शनिवार विहान आगलागि भएको हो । आगलागीबाट सम्पुर्ण अन्नपात,लत्ताकपडा जलेर नष्ट भएपछि चार जनाको परिवार बिचल्लीमा परेको स्थानिय समाजसेवि मानबहादुर रावतले जानकारी दिएका छन ।विकको घरमा बालबालिकाले लाइटर खेलाउने क्रममा आगलागि भएको र झन्डै चार लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया