शरद रेग्मी,काठमाण्डौ २८ चैत्र ।
दाङका समाजसेवी तथा युवा व्यवसायी यज्ञवहादुर केसी सम्मानित हुनु भएको छ । सुविधा सम्पन्न हल निर्माणका लागि एक करोडभन्दा बढी पर्ने जग्गा तुलसीपुर उद्योग वाणिज्य संघलाई प्रदान गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सोमबार कदरपत्रसहित सम्मान गरेको हो । तुलसीपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका केसीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित वाणिज्य महासंघको ५१ औं महाधिवेशनको उद्घघाटन समारोहमा सम्मान गर्नु भएको थियो ।
केसीले केही समय अघि सुविधा सम्पन्न हल निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने तुलसीपुर उपमहानगरपालिकामा रहेको चार कठ्ठा जग्गा तुलसीपुर उद्योग वाणिज्य संघको नाममा पास गरिदिनु भएको थियो । यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले केसीलाई मानार्थ सदस्यता प्रदान गरेको थियो । उद्योग वाणिज्य संघको मानार्थ सदस्यता पाउने केसी पहिलो व्यवसायी हुन ।