तुलसीपुर,२३ चैत ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको १९ औँ साधारण तथा वार्षिकोत्सब समारोह आज तुलसिपुरमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षता तथा सेवा आयोग नेपाल संस्कृत विश्वविद्यालयका अध्यक्ष प्रा.डा.बेणिमाधव ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले साहित्य विना देशको विकास हुन नसक्ने बताएका थिए ।
देश विकासमा साहित्यकारको ठुलो भुमिका हुदा भएको उनको भनाई थियो । साहित्यमा जिवन भेटिने भएको ह्ुदा यसले मानिसलाई समेत बाच्नका लागि अभिप्रेरीत गर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले साहित्य आत्मीय आनन्द र ज्ञानको खानि रहेको बताएका थिए । यसैविच,कार्यक्रममा प्रतिष्ठानलाई योगदान गरेवापत पुर्व संसाद बुद्धिराम भण्डारी र भुवनेश्वर आचार्यलाई सम्मान गरिएको थियो ।
यस्तै अरु २४ जनालाई पुरस्कृत गरिएको थियो । जस अनुसार भागवत ्धर्म स्मृति साहित्य पुरस्कारबाट गणेश बिसम, बत्तु विनी स्मृति साहित्य पुरस्कारबाट नारायण नेपाल, शोभाराम बेलतादेवि साहित्य पुरस्कारबाट निम बहादुर थापा, भुमा अमर स्मृति राष्ट बचाउँ पुरस्कारबाट नरेशकुमार खड्का, उदय बहादुर स्मृति सर्जक पुरस्कारबाट रेडियो प्रकृतिका समाचार प्रमुख बसन्त परियार, विष्णु देवि क्षेष्ठ स्मृति साहित्य पुरस्कार बाट प्रदेश टुडे दैनिक ,महेश साहित्य सर्जक पुरस्कारबाट डिल्ली बस्नेत संगित ,देव देशभत्ति पुरस्कारबाट प्रवल रेग्मी ,पुष्पा तिर्थ साहित्य नव प्रतिभा पुरस्कार महिला तर्फ सिर्जना शार्मा, पुरुष तर्फ शेषमनि रिजाललाई परस्कृत गरिएको थियो ।
यस्तै,रेवन्त बहादुर शाह साहित्य प्रज्ञा पुरस्कारबाट पत्रकार सर्मिला डिसि,नन्दराम कौशिला साहित्य पुरस्कार बाट यादव नाथ योगि ,पदमनाभ तिलक कुमारि राणा प्रतिभा पुरस्कारबाट अर्जुनकुमार श्रेष्ठ,फणास्मृति नव प्रतिभा पुरस्कार संगिता उपाध्याय, छविलाल पोखे्रल स्मृति साहित्य पुरस्कारबाट विमला डागि बिकलता , रुक्मनि राज ओमकुमारि श्रष्टा सम्मान पुरस्कारबाट दिपक समिर , यज्ञ बहादुर विष्णु कुमारि स्मृति साहित्य पुरस्कार कृष्ण प्रसाद आचार्य,कृष्ण इन्दिरा हुमादेवि साहित्य संगित पुरस्कारबाट आदिम केसि ,लोकमनि आचार्य वालप्रतिभा पुरस्कारबाट आशा चौधरि ,ईश्वर देवि साहित्य पुरस्कारबाट हेमन्त वलि हिरालाल लाई पुरस्कृत गरिएको थियो ।
यस्तै भागिरथि गजविर स्मृति शिक्षा पुरस्कारबाट छात्र दिपेश के.सि,पुष्पा लोकेन्द्र स्मृति शिक्षा पुरस्कारबाट छात्रा स्वस्तीमा न्यौपान ,दुर्गा चौधरि निल बाल कुमारि प्रतिभा पुरस्कारबाट दुर्गा चौधरी र खुमा गुरु स्मृति पुरस्कार बाट राम बहादुर नेपालीलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा गदाधर पौडेल, पूर्व सासंद वुद्धिराम भण्डारि ,गजल अभियानका अध्यक्ष प्रवल विष्ट, देउखुरि साहित्यक मञ्चका महासचिब निम बहादुर थापा, राप्ती साहित्य प्रतिस्ठान बाट कमलमनि देवकोटा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने , पुरस्कार संस्थापक डिल्ली बहादुर केसि लगाएतले बोलेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष तिलक न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब शेष्मणि रीजालले गरेका थिए । कार्यक्रममा बरिष्ठ साहित्यकार गणेश विषम,दिपक समिर,विमला डाँगी,संगिता उपाध्याय लगायतले विभिन्न रचाना बाचन गरेका थिए ।।