झोलामा रहेका सहकारीबाट समृद्ध हुदैन: पाण्डे

बसन्त परियार,तुलसीपुर २० चैत ।

दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ आज देशैभर ६२ औ सहकारी दिवश मनाईएको छ । यता तुलसीपुरमा पनि दिवश मनाईएको छ । जिल्ला सहकारी संघको आयोजना तथा तुलसीपुर उपमहानगरपालीकाको आर्थिक सहयोगमा र्यालि तथा कार्यक्रम गरि दिवश मनाइएको हो । तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दीर बाट विभिन्न सहकारीको सहभागितमा भएको र्यालीले बजारका विभिन्न भाग परीक्रमा विएसएस पार्टि प्यालेसमा पुगेर गरी कार्यक्रममा परीणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख घनश्याम पाण्डेले टोल टोल तथा झोलामा रहेका सहकारी बाट देशमा समृद्ध सम्भव नभएको बताएका छन । सहकारीको माध्यमबाट नै सुखी नेपाली,समृद्ध नेपालको सपाना साकार हुने भएको भन्दै साना साना सहकारीलाई एकै स्थानमा राखि ब्यवस्थित गरीने बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख पाण्डेले आगामि आर्थिक बर्ष देखि अनुगमन प्रभावकारी बनाईने र मापदण्ड पुरा नगरेका सहकारीलाई कारवाहिको दायरामा ल्याईने बताएका थिए । जिल्ला सहकारी संघका सचिब शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले तुलसीपुरमा सहकारीको माध्यमबाट सहकारी विद्यालय सञ्चालन गर्न सकिनेमा जोड समेत दिएका थिए ।

सो अवसरमा विशिष्ठ अतिथि तुलसीपुर उपमहानगरका सहकारी संयोजक टोप बहादुर केसी र उपमहानगरका प्रबत्ता श्याम डांगीले सहकारी संस्थाले अव गरिविको रेखामुनि रहेका जनताको जिवन स्तर उकास्ने गरि काम गर्नुपर्नेमा जानुपर्नेमा जोड दिएका छन । जिल्ला सहकारी संघका लेखा सुपरीबेक्षण समितिका संयोजक हेमराज गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगर अन्र्तगत सहकारी शाखाका अधिकृत गिरीराज विष्ट,वडा नम्बर १६ का वडाध्यक्ष भुप बहादुर केसी,राप्ती विश्वासि साकोसका अध्यक्ष हेमन्त योगि,सृजना सहकारीकि रमा आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा दिगो विकासका लागि सहकारीको भुमीका विषयक निवन्ध प्रतियोगितामा सामुदायिक विद्यालयको तर्फबाट गुरुजजुर माविका प्रदिप केसी प्रथम,अमर माविका सत्पाल हमाल द्धितिय र मावि बालापुरका हेमन्त वली लाई पुरस्कृत गरिएको थियो । त्यसैगरी झाकि जुलुस तर्फ हाम्रो पहचु सहकारी प्रथम,राप्ती विश्वासि द्धितिय र पिपल चौतारी सहकारी संस्था तृतिय भएका थिए । कार्यक्रमको सहजिकरण जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुप बहादुर खत्रिले गरेका थिए । यस्तै दाङका सबै स्थानिय तहमा दिवशको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार
प्रतिक्रिया