२०८३ भाद्र २५ गते बिहिवार

पश्चिम बङ्गालको नदियामा आदिकवि भानुभक्तको सालिक स्थापना

काठमाडौं, चैत २६। मूर्तिकलाका निम्ति भारतको प्रसिद्ध सहर कृष्णनगर (पश्चिम बङ्गालको नदिया जिल्ला)मा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ । कोलकातादेखि ४५ किमि दूरीमा पर्ने कल्याणी नगरपालिकाको सम्पूर्ण रेखदेख र नेपाली जनसेवा समाजकल्याणको सहयोगमा गएको हप्ता नेपाली वाणिज्यदूतावास कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याल र नगरपालिकाका चेयरम्यान सुशीलकुमार तालुकदारको सालिगको अनावरण गर्नुभयो । अनावरणका अवसरमा नेपाली जनसेवा समाज, कल्याणीको वार्षिक मुखपत्रको पाँचौ अङ्क सार्वजनिक गरिएको लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कोलकाताका सचिव विकास कार्कीले जानकारी दिनुभयो । मूर्ति स्थापनाका लागि नगरपालिकाका पूर्व चेयरम्यान डा निलेमेष राय चौधरी, वर्तमान चेयरम्यान तिलुकदार र काउन्सिलर निवेदिता वासुलगायतले सहयोग गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।