२०८३ कार्तिक ८ गते शनिवार

देशमै पहिलोपटक आर्थिक गणना सुरु हुँदै

काठमाडौं, चैत २६ । देशमै पहिलोपटक आज शनिबारदेखि आर्थिक गणना सुरु हुँदैछ । सबै जिल्लामा एकैसाथ गणना सुरु हुन लागेको तथ्यांक विभागले जनाएको छ । आर्थिक कारोबार गर्ने व्यक्तिको संख्यालाई आधिकारिक बनाउन आर्थिक गणना गर्न लागिएको हो । यातायात, शिक्षा, स्वास्थ्य सेवा, उद्योग, व्यापार लगायतका क्रियाकलाप गर्ने प्रतिष्ठानको गणना हुनेछ । अहिलेलाई परीक्षणको रुपमा गर्न लागिएको र अर्को वर्ष मुख्य गणना हुने विभागका उपमहानिर्देशक रुद्र सुवालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । पहिले उद्योगको मात्रै गणना हुने गरेकोमा अहिले होटल, वित्तिय संस्था, व्यापार, शिक्षा, स्वास्थ्य, यातायात लगायतका १७ क्षेत्रलाई मुख्य आधार बनाएर आर्थिक गणना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।